प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

Advertisement

काठमाडौँ/ प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए ।

एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको  बताए । उहाँले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानबारी दिए । बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए । मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उनले बताए । मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियजनहरूको शव निकाल्दा हृदयविदारक दृश्यहरू देखाएका छन् भने अन्य मारिएका कम्बलले ढाकिएको भुइँमा थिए । दिर एल–बालाहका मेयर दियाब अल–जारोलाई शनिबार यही आक्रमणमा मारिएको बासलले बताउनुभयो ।इजरायली सेनाले पछि त्यो आक्रमणको जिम्मेवारी लिँदै हमासको सैन्य शाखामा एक कार्यकर्ता जारो भएको बताएको थियो । आइतबार सेनाले बेइट हानुन र बेइट लाहिया क्षेत्रमा आक्रमण गरेको पुष्टि गरेको थियो ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"