हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ समपन्न

Advertisement

हेटौंडा / हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले “ह्याङलान काईरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडा–१०, टिसिएन चौरमा बिहीबार महोत्सव आयोजना गरेको हो ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको ¥याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममै विभिन्न क्षेत्रबाट तामाङ सँस्कृतिको जगेर्ना तथा योगदान गरेको भन्दै सञ्चारकर्मी लगायतलाई सम्मान समेत गरिएको थियो ।

यसैगरी सँँस्कृतिक कार्यक्रममा मकवानपुरे तामाङ कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रम स्थलको वरीपरी तामाङ मौलिक भेषभुषा तथा खानाका परिकारहरुको स्टल राखी प्रदर्शन समेत गरिएको थियो ।

मकवानपुर तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा महोत्सव भएको हो । कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष शर्केस घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिं पाखिन, नेपाल तमाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिला घलान, नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, बरिष्ट पत्रकार प्रताप बिष्ट, घेदुङका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो । ल्होछार कार्यक्रमको ८ देखि ९ हजार दर्शकले अवलोकन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"