सहकारी मन्त्री श्रेष्ठले सार्वजनिक गरे सयदिने प्रगति विवरण

Advertisement

हेटौंडा / बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले सय दिने प्रगति विवरण सार्वजनिक गरेका छन्। शुक्रबार हेटौंडा–११ स्थित मन्त्रालयको सभाहलमा मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमार्फत आफूले मन्त्रालय सम्हालेपछि सयदिने प्रगति विवरण सार्वजनिक गरेका हुन्।


गत ९ साउनमा बिना विभागीय मन्त्रीमा नियुक्त भएका श्रेष्ठले २७ कार्तिक मन्त्री परिषद्को निर्णयबाट सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका थिए। सोही जिम्मेवारीअनुसार मंसिर ७ गतेदेखि कार्यारम्भ गरेपश्चात् उनले मन्त्रालयको जिम्मेवारी लिएको शुक्रवार सय दिन पूरा भएको छ। सय दिन पूरा भएको अवसर पारेर मन्त्री श्रेष्ठले १३ बुँदे प्रगति विवरण सार्वजनिक छन्। मन्त्री श्रेष्ठले मन्त्रालयको लागि आवश्यक भवनको व्यवस्थापन गरी कार्य सञ्चालनको लागि आवश्यक पुर्वाधारहरुको व्यवस्थापन गरी हाल हेटौंडा उपमहानगरपालिका –११ स्थित थाहा भर्‍याङमा मन्त्रालय रही कार्य जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्दै आएको पनि प्रगति विवरणमा समावेश गरिएको छ।

साविकको मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखा हेटौडा उपमहानगरपालिका–४ हुप्राचौरमा रहेको र उक्त भवनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीसँग सम्बन्धित कागजातहरु राखिएकोमा सो कागजात र अभिलेखहरु हालको भवनमा ल्याएर व्यवस्थापन गरी सेवाग्राहीलाई सहकारी सम्बन्धी सेवा प्रवाह नियमित रुपमा दिन थालिएको बताउँदै मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउने पक्षमा विशेष ध्यान दिँदै आएको दाबी गरे। यसैगरी, सहकारी मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउँदै सहज र प्रभावकारी बनाउन सहकारी संस्थाहरुको प्रतिवेदन, विवरण र अभिलेखहरुलाई डिजिटाइजेश गरी कार्यसम्पादनलाई छरितो बनाउन प्रारम्भिक चरणमा सफ्टवेयरको लागि प्रारुप तयार गर्ने कार्य भइरहेको प्रगति विवरणमा उल्लेख गरिएको छ । सहकारी संस्थाहरूमा देखिएका समस्याहरुको सम्बन्धमा अधिक वित्तीय तथा व्यवस्थापकीय संकटमा रहेका सहकारी संस्थाहरुको पहिचान गरी त्यस्तो संस्थाको सञ्जालक तथा पदाधिकारीहरुसँग निरन्तर छलफल गरी बचतकर्ताको बचत फिर्ता, संस्थाको संचालन तथा व्यवस्थापन लगायतका विषयमा ठोस कार्ययोजना बनाएर पेश गर्न लगाई मन्त्रालयले नियमित रुपमा सुपरीवेक्षण तथा नियमन गर्दै आएको प्रगतिमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"