मकवानपुरका ११८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित

Advertisement

हेटौंडा/ चेपाङ समुदायको मानव अधिकार व्यवस्था सम्बन्धि परामर्श कार्यक्रम आइतबार हेटौंडामा भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय जनवकालत मञ्चको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा चेपाङ समुदायको अवस्था र चेपाङहरुको मानव अधिकार अध्ययन प्रतिवेदन २०८१ मस्यौदा को विषयमा मानव अधिकारकर्मी किरण बरामुले प्रस्तुतिकरण दिनु भएको थियो । चेपाङ समुदायको आर्थिक सामाजिक सास्कृतिक शैक्षिक अवस्थामा केन्दृत प्रतिवेदन अनुसार, अव्यवस्थित विकास र क्रसर उध्योग ले चेपाङ समुदायमा असर परिरहेको जनाइएको छ । मकवानपुरका मात्रै १ सय १८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ ।

उहाँले चेपाङ समुदाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसुची अनुसार अति सिमान्तकृत आदिवासी जनजाति समुहमा सुचिकृत भएको बताउनुभयो । नेपालमा २०७८ को जनगणना अनुसार चेपाङको जनसङ्ख्या ८४ हजार ३ सय ६४ रहेको उहाँले जानकारी दिनुभयो । जसमा ५८ हजार ३ सय ९२ जनाले चेपाङ मातृभाषा बोल्ने रहेको छ । उहाँले चेपाङ समुदायमा बालविवाह मुख्य समस्याको रुपमा रहेकाले बालबालिकाको जन्मदर्ता गर्न कठिनाई भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले ९१ प्रतिशत चेपाङले नागरिकता प्राप्त गरेको र ९ प्रतिशत नागरिकताबाट बन्चित रहेको प्रस्ततिकरणमा उल्लेख गरिएको थियो । चेपाङ समुदायको बसोबास कमजोर रहेका कारण बलात्कार, विपद, वन्यजन्तु आक्रमण जस्ता घटनाहरुको सामना गरिरहेको बताइएको छ ।

यसैगरी १ सय १२ चेपाङ समुदायका नागरिक गैडा खाग , लागु औषध जस्ता कसुरमा कारागारमा रहेको समेत प्रस्तुतिकरणमा उल्लेख गरिएको छ । यस्तै चेपाङ समुदायका ९० प्रतिशत विद्यार्थि विद्यालय भर्ना भएका छन् भने १० प्रतिशत शिक्षाबाट बन्चित रहेको मानव अधिकार कर्मी बलामीले जानकारी दिनुभयो । यसै गरी कार्यक्रममा सहभागी चेपाङहरुहरूले शिक्षा, रोजगारीमा पहुच र चेपाङ मातृ भाषालाई पाठ्यक्रमको रुपमा विकास गर्न माग राखेका थिए । बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा एवम् आयोगका सचिव मुरारी प्रसाद खरेलको सभाअध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय मकवानपुरकी प्रमुख स्किम श्रेष्ठ , गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा प्रदेश सभा सद्स्य एकलाल श्रेष्ठ चेपाङ समसदायका अधिकारकर्मी लगायतले मस्यौदा उपर परामर्श राखेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"