राक्सिराङको चेपाङ बस्ती खानीको चपेटामा, ५ घरधुरी विस्थापित

Advertisement

अन्जना न्यासुर तामाङ

हेटौंडा/  मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–४ स्थित गिङगुङ्मा सञ्चालनमा आएको रिद्वि सिद्वि सिमेन्ट उद्योगअन्तर्गतको चुनढुङ्गा खानीका कारण त्यहाँको चेपाङ समुदाय प्रत्यक्ष प्रभावित बनेको छ । करिब ५ बर्ष वर्ष देखि चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् ।  उक्त खानीका कारण विगत २ बर्ष देखि २५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने ५ घरधुरी विस्थापित भइसकेका छन् ।  डाँडामाथि सञ्चालनमा रहेको खानीबाट निकालिएको माटो र फोहोर व्यवस्थापन नगरिएकोले तलको चेपाङ बस्तीमा पहिरो जान सक्ने खतरा उच्च रहेको छ । बर्खायाममा माटो बगेर बस्तीमा पहिरो जाने उच्च जोखिम रहेकोले स्थानिय चिन्तित छन् । खानी क्षेत्रमा गाईबाख्रा चराउने स्थान पनि सिधै प्रभावित भएको छ, जसले चेपाङ समुदायको परम्परागत जीविकोपार्जनमा समेत असर पारेको छ । खानीको असर शिक्षा क्षेत्रमा समेत परेको छ । बस्ती नजिकको विद्यालय निजी व्यक्तिको जग्गामा सञ्चालन भइरहेको थियो । तर उक्त जग्गा खानी उद्योगले खरिद गरेपछि विद्यालय विस्थापित भएको हो । त्यसपछि त्यहाँका अधिकांश बालबालिका विद्यालय जान पाएका छैनन् ।

खानी क्षेत्रसम्म पुग्ने मनहरी–खानी सडकको अवस्था अत्यन्तै जीर्ण छ । निर्माणको क्रममा अत्यधिक धुलो उड्ने समस्याका साथै खानीबाट चल्ने टिप्परहरू ओभरलोड गरिने भएकाले सडक झनै बिग्रिएको छ । ओभरलोडका कारण दुर्घटनाको जोखिम बढेको छ भने धुलो र हल्लाका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको छ। यति हुँदा पनि खानी क्षेत्रमा अस्थाई प्रहरी पोस्ट रहेको अवस्थामा समेत नियमनको अभाव रहेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार सुरक्षाको नाममा प्रहरी भए पनि ओभरलोड नियन्त्रण, फोहोर व्यवस्थापन तथा विस्थापन समस्यामा प्रहरीको भूमिका देखिएको छैन ।

स्थानीय अगुवा विश्वराज थिङका अनुसार खानीका कारण विस्थापित भएकामध्ये केही परिवारलाई उनले आश्रय दिएका छन् । उनका अनुसार, “खानीले सस्तो मूल्यमा चेपाङहरूको जग्गा किनेर उनीहरूलाई विस्थापनमा धकेलेको छ । उनीहरूको रोजगारी, बासस्थान र भविष्य नै अन्योलमा परेको छ । सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएको छैन । बीचमा विचौलियाहरू सक्रिय भएर यस्तो स्थिति आएको हो ।”

यस्तै, अर्का स्थानीय डिल बहादुर प्रजा चेपाङले अघिल्लो कार्यकालको प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । उनका अनुसार, “दुई वर्षदेखि स्थानीय सरकारलाई भनेका छौं । ज्ञापनपत्रसमेत बुझाएका छौं । तर अहिलेसम्म कुनै व्यवस्था गरिएको छैन ।” स्थानिय तथा चेपाङ समुदायले खानी सञ्चालनका कारण उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न माग गरेका छन् । उनीहरूको मागमा विस्थापित परिवारहरूको पुनःस्थापना, बालबालिकाको शिक्षा सुनिश्चितता, खानीजन्य फोहोर र माटोको उचित व्यवस्थापन, र चरन क्षेत्र जोगाउने व्यवस्था मुख्य रहेका छन् ।

यसै गरी राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले खानीले चेपाङ बस्तीमा परेको असरको बारेमा भने, “खानीका कारण चेपाङ बस्ती प्रभावित भएको कुरा सत्य हो । तर खानीको स्वामित्व केन्द्र सरकारसँग रहेकोले पालिकाको भूमिका मुख्यतः दायित्व बोधसम्म सीमित छ । यद्यपि, पालिकाले प्रभावित बस्तीका लागि संरक्षनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ” अध्यक्ष मल्लले भने, “समस्या समाधानका लागि पालिका, उद्योग र स्थानीय बासिन्दाबीच छलफल गरेर निचोड निकाल्ने बताए ।  केही घटनामा चेपाङ समुदायलाई विचौलियाहरूले उक्साएको देखिन्छ, जसले समस्यालाई थप जटिल बनाएको छ ।”

यसै गरी उद्योगका अनुसार सो खानी क्षेत्रमा ३.१२५ मिलियन टन खनिज भण्डारण रहेको छ । त्यहाँबाट दैनिक ३,००० मेट्रिक टन चुनढुङ्गा उत्पादन भइरहेको छ भने दैनिक ७३ घन मिटर माटो र ४८०.८ घन मिटर खानीजन्य फोहोर निस्किन्छ । तर त्यसको व्यवस्थापनको ठोस योजना नभएको स्थानीयको गुनासो छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"