हेटौँडामा खेलकुद पत्रकारिता तालिम सुरु, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

Advertisement

हेटौँडा / खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम मंगलबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको तालिमले खेलकुद क्षेत्र सशक्त बनाउन सञ्चारकर्मीहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्र सरकारले प्राथमिकतामा न राख्नु दुःखद भएको उल्लेख गरे। बागमती प्रदेशका ८० प्रतिशत खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेको अवस्थामा खेलकुद मन्त्रालयका लागि ६१ करोड रुपैयाँ मात्रै बजेट तोकिनु दुर्भाग्यपूर्ण भएको बताए। राज्यको चासो कम हुँदा खेलकुद क्षेत्रबाट युवा पलायनसमेत बढिरहेको उल्लेख गरे।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार खेलकुद क्षेत्रको विकास परम्परागत शैलीबाट सम्भव छैन। वैज्ञानिक योजना, सम्भाव्यता अध्ययन, जनघनत्व र आवश्यकताको आधारमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।कार्यक्रममा परिषद्का कार्यालय प्रमुख सूर्यबहादुर दाहाल, परिषद् सदस्य अमृत लुङ्बा, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो । दुई दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकका रूपमा प्रकाश तिमल्सिना र पवन आचार्यले खेलकुद पत्रकारिता सम्बन्धी प्रशिक्षण प्रदान गर्नेछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"