मकवानपुरमा महिला गोल्डकप, प्रिति राई प्रमुख आकर्षण

Advertisement

हेटौंडा /  मकवानपुरको हेटौंडामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता वैशाख १९ गतेदेखि सुरु हुदैं छ । 

पहिलोपटक महिला फुटबलमा केन्द्रित गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय खेलाडी प्रेति राईसहित विभागीय र जिल्लास्तरीय गरी आठ टोलीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी टिमहरूमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मकवानपुरको रिगल हेटौंडा रिसोर्ट एन्फा, बिरगंज युथ एकेडेमी, नव जनजागृति युवा क्लब सिमरा, रौतहट जिल्ला महिला टिम र चितवन जिल्ला महिला टिम छन्।

प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ। आयोजक मकवानपुर जिल्ला फुटबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।

विजेता टोलीले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर प्रदान गरिनेछ।

सहयोगी निकायहरूमा हेटौंडा उपमहानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी र कैलाश गाउँपालिकाले तीन–तीन लाख रुपैयाँ सहयोग गरेका छन्।

प्रतियोगिता सञ्चालनका लागि कुल ६१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजकको भनाइमा प्रतियोगिताले महिला सशक्तीकरण, खेलकुद विकास र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"