नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभा हेटौंडामा हुदैं

Advertisement

हेटौंडा / नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा आगामी वैशाख छब्बीस गते र सत्ताइस गते हेटौंडामा आयोजना हुँदैछ। यस कार्यक्रममा देशभरका साठी जिल्लाका व्यवसायी, सात प्रदेशका प्रतिनिधि र महासंघको केन्द्रीय नेतृत्व गरी करिब एक हजार व्यवसायी सहभागी हुनेछन्।

महासंघका केन्द्रीय उपाध्यक्ष तथा साधारणसभाका संयोजक छतेन्द्र आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिँदै, यस सभाले मोबाइल व्यापारसँग सम्बन्धित अवसर र चुनौतीका विषयमा गहन छलफल गर्ने जानकारी दिए। “अस्वभाविक प्रतिस्पर्धा र त्यसले व्यवसायमा पारिरहेको असरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा खुला र बन्द सत्रमा छलफल हुनेछ,” आचार्यले भने।

साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुहुनेछ। कार्यक्रम हेटौंडास्थित रोयल पार्टी प्यालेसमा हुनेछ । आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।

कार्यक्रमस्थलमा दश वटा मोबाइल कम्पनीका स्टलहरू रहनेछन्। ती स्टलमार्फत ग्राहकहरूलाई कम्पनीका मोबाइलबारे जानकारी दिइनेछ र प्रत्यक्ष लाभ लिन सकिने विश्वास आयोजकले लिएको छ।

उद्घाटनको दिन वैशाख सत्ताइस गते बिहान सात बजे प्रभातफेरीको आयोजना गरिनेछ । कार्यक्रममा करिब बीस लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

हाल देशभर करिब पच्चीस हजार मोबाइल व्यवसायी रहेका छन् भने मकवानपुरमा एक सय साठ्ठी व्यवसायी रहेको मोबाइल एसोसिएसन अफ मकवानपुरले जनाएको छ।

पत्रकार सम्मेलनमा मोबाइल एसोसिएसन मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाईं, पूर्व अध्यक्ष दिनेश लामा, बागमती प्रदेश अध्यक्ष एसिस रिजाल, मधेश प्रदेश अध्यक्ष मोहनबहादुर कार्की लगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"