चितवनको चमत्कारी जित, आयोजक मकवानपुर टाइब्रेकरमा बाहिरियो

Advertisement

हेटौंडा / हेटौंडामा सुरु भएको सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन नै आयोजक टिम मकवानपुर पराजित भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

 

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। दोस्रो हाफमा चितवनकी अनिता गुरुङले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै उनले पोस्टमा सानदार गोल गरेकी हुन्।

तर, चितवनको अग्रता धेरै समय टिक्न सकेन। मकवानपुरका खेलाडीले संघर्ष जारी राखे। एक खेलाडीले रातो कार्ड खाँदा मकवानपुर १० खेलाडीमा सीमित हुन पुगेको थियो। रेफ्रीले चितवनकी गोलकिपर सुजता तामाङमाथि फाउल गरेपछि मकवानपुरकी खुसाना राईलाई मैदान बाहिर पठाएका थिए ।

चितवनकी अनिता गुरुङलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिदैं

दबाबमा रहेको मकवानपुरले खेलको अन्तिम समयमा सजिना स्याङ्तानमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो। अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो, जहाँ चितवनले निर्णायक सफलता हात पार्‍यो । उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी अनिता गुरुङलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। प्रतियोगिता मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित छ। शनिबार हुने दोस्रो दिनको खेलमा नवजन जागृति क्लब ९सिमरा, बारा० र संकटा क्लब आमनेसामने हुनेछन् । खेल ४ बजे देखि सुरु हुने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"