देशको राजनीति डामाडोल, सुशासनमा सरकार असफल भएको नेता पुनको आरोप

Advertisement

हेटौंडा/ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको राजनीति डामाडोल अवस्थामा पुगेको बताएका छन्। उनका अनुसार दुई तिहाइको समर्थनमा रहेको वर्तमान सरकार सुशासन कायम गर्न असफल भएको छ।

सोमबार हेटौंडामा सम्पन्न भएको योङ कम्युनिष्ट लिग ९वाईसिएल० मकवानपुरको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले दलाल पुँजीपतिहरूको मनोबल सरकारकै गतिविधिका कारण उच्च बनेको आरोप लगाएका छन्। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिएको उनको भनाइ छ ।

उनको धारणा अनुसार देशको अर्थतन्त्र अहिले अत्यन्त नाजुक अवस्थामा पुगेको छ। केही अदृश्य शक्तिहरूले राज्य संयन्त्रलाई नियन्त्रणमा लिई अर्थतन्त्रलाई कमजोर बनाइरहेको समेत उनले बताए। ती शक्तिहरू संविधान, सरकार, न्यायपालिका लगायतका क्षेत्रहरूमा फैलिएको र उनीहरूको साँठगाँठ विदेशी हस्तक्षेपकारी शक्तिहरूसँग रहेको उनको आरोप छ।पूर्व उपराष्ट्रपति समेत रहेका पुनले आफू पदमा रहेकै बेला यस्ता अदृश्य सञ्जालहरूलाई पहिचान गरिसकेको उल्लेख गर्दै, ती शक्तिको घेराबन्दी तोड्न अब ढिला गर्नु नहुने बताएका छन्। उनको भनाइमा गणतन्त्र जोगाउने जिम्मेवारी माओवादी केन्द्रकै काँधमा रहेको छ । उनले कांग्रेस र एमालेले माटोमा पुरेको संविधानसभालाई माओवादीको दस वर्षे सशस्त्र संघर्षले पुनः जीवित बनाएको पनि उल्लेख गरेका छन् ।

कार्यक्रम वाईसिएल मकवानपुरका संयोजक लवराज ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, जिल्ला इन्चार्ज विजय गौतम, वाईसिएल केन्द्रीय अध्यक्ष सुबोध श्रीपाइली, प्रदेश अध्यक्षलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"