बागमती प्रदेशमा भाषा दिवस उत्सवपूर्वक सम्पन्न

Advertisement

हेटौंडा /  बहुभाषिक समाजको पहिचानलाई सम्मान गर्दै बागमती प्रदेशमा भाषा दिवस विशेष उत्साहका साथ मनाइएको छ । प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएपछि पहिलोपटक यो दिवस औपचारिक रूपमा भव्य रुपमा मनाइएको हो ।

 

बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवा: दबूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमअन्तर्गत बिहान हुप्राचौरबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। र्‍यालीले बजार परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश सरकारले भाषिक अधिकार सुनिश्चित गर्न नीति र कार्यक्रमहरूलाई प्राथमिकता दिएको जानकारी दिए। उनले प्रदेश सभामा तामाङ भाषाको प्रयोग सुरु भइसकेको उल्लेख गर्दै भाषा सबैको अपनत्व हुने खालको हुनुपर्ने बताए। साथै, उनले प्रदेश सरकार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा गम्भीर रहेको उल्लेख गरे ।

कार्यक्रमको सभाध्यक्ष रहेका संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरीले संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशका बहुसंख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याउने निर्णय बागमती प्रदेश सरकारले पहिलोपटक गरेको बताए। उनका अनुसार, २०८१ साल बैशाख २४ गतेदेखि भाषा दिवस मनाउन सुरु गरिएको हो, जसअनुसार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय समेत कार्यान्वयनमा आएको छ।

मन्त्री ठकुरीले प्रदेशमा बोलिने सम्पूर्ण भाषाको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको उल्लेख गरे। उनले प्रदेश सभामा नेपाल भाषा र तामाङ भाषाका अनुवादक समेत नियुक्त गरिसकिएको जानकारी दिए।

 

कार्यक्रममा भाषा संरक्षणमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, कार्यक्रमको आकर्षणका रूपमा तामाङ र नेवार समुदायका झाँकी, परम्परागत बाजा र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"