महिला गोल्डकपको उपाधि जित्ने एपीएफ र पुलिस दुबै टिमको दाबी

Advertisement

हेटौंडा/ गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । हेटौंडामा जारी प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

बुधबार गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन्। एपीएफका प्रशिक्षक जिवेश पाण्डेले टिमले धेरै मेहनत गरेकोले उपाधि जित्ने विश्वास व्यक्त गरे। उनले रक्षात्मक नभई आक्रमक खेल खेल्ने बताए । एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेल्दा विश्राम गर्न नपाए पनि फाइनलमा जित्ने लक्ष्यसाथ मैदान उत्रने बताइन् । पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले एपीएफ बलियो टिम भए पनि आफूहरू पनि जित्ने मनस्थितिमा रहेको बताए । उनले एपीएफलाई रोक्ने रणनीति तयार भइसकेको जानकारी दिए। पुलिसकी कप्तान निरुता थापाले पनि उपाधि जित्ने आत्मविश्वास व्यक्त गरिन् । मंगलबारको सेमिफाइनलमा एपीएफले संकटालाई र पुलिसले चितवनलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । फाइनल खेल वैशाख २५ गते हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ। विजेता टिमले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"