साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने

Advertisement

हेटौंडा / साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । ३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा स्रष्टालाई सम्मान गर्न लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै संगमले विभिन्न विधामा ८ जना स्रष्टालाई जेठ १० गते शनिबार हेटौंडा पार्टी प्यालेशमा आयोजना हुने कार्यक्रममा सम्मान गर्न लागेको जानकारी दिएको हो । मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गर्न लागिएको संगमका सचिव मनोज पोखरेलले जानकारी दिए । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैंया रहेको छ । त्यसैगरी १५ हजार ५ सय ५५ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुने भएको छ । विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट ११ हजार १११ रुपैंया नगद सहित रामकुमार एलनलाई सम्मानित गरिन लागिएको सचिव पोखरेलले जानकारी दिएका छन् । त्यसैगरी १० हजार राशीको दिपक मुडभरी स्मृति सम्मान २०८१ समिर पाख्रिनलाई प्रदान गरिने भएको छ ।

त्यस्तै मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट वबि थापा नगद राशी १० हजार सहित सम्मानित हुने सचिव पोखरेलले बताए । मुक्तितारा सम्मान २०८१ बाट रु १० हजार सहित यश लामालाई सम्मान गरिने भएको छ । यसैगरी १० हजार राशीको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मानित गरिने सचिव पोखरेलले जानकारी दिए । साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०÷०८१ बाट नगद राशि रु २५ हजार १ रुपैंया सहित अभय श्रेष्ठलाई सम्मान गरिने जनाईएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुन लागेको कार्यक्रम सम्पन्न गर्न साढे २ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । यस उत्सवको उद्देश्य जिल्लाको कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु तथा नयाँ पुस्तामा सिर्जनशील चेतना विकास गराउँदै साहित्यिक भावनाको सम्वद्र्धन गर्नु रहेको संगमका अध्यक्ष डि.बि.बर्तौलाले बताए । कार्यक्रममा सम्मानित स्रष्टाहरुको रचना वाचन समेत हुनेछ । उत्सवको अवसरमा सपना र सम्भावनाःसिर्जनामा नयाँ पुस्ता, कविताःयुगको प्रतिबिम्बनको विषयमा प्यानल डिस्कसन समेत हुने अध्यक्ष बर्तौलाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"