मातृभूमि साहित्य महोत्सव २०८२ जेठ १५ र १६ गते हेटौंडामा हुँदै

Advertisement

हेटौंडा/ मातृभूमि साहित्य समाजको आयोजना तथा हेटौंढा उपमहानगरपालिकाको प्रवर्धनमा मातृभूमि साहित्य महोत्सव २०८२ हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत यही जेठ १५ र १६ गते हेटौंढा द्द स्थित पल्पसा प्याराडाइजमा महोत्सव हुने जानकारी गराएको हो ।

कार्यक्रम संयोजक हयग्रीव आचार्यका अनुसार महोत्सवमा विभिन्न विधामा योगदान पु¥याएका सात जना व्यक्तित्वहरूलाई नगद राशिसहित सम्मान गरिने छ । सम्मानित हुनेमा काठमाडौंका साहित्यकार गीता रेग्मी लाई ‘मायादेवी मातृभूमि पुरस्कार २०८०’ प्रदान गरिने छ । उक्त पुरस्कारको राशि २१ हजार रहेको कार्यक्र संयोजक आचार्यले जानकारी दिनु भयो । त्यस्तै, ‘राजकुमार स्मृति मातृभूमि सम्मान २०८०’ बाट (धरान) का चन्द्र गुरुङ र ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०’ बाट माधव काफ्ले (रौतहट) नगद रु १५ हजार सहित सम्मानित हुने छन् ।

यसैगरी, ‘होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०८१’ बाट सुदेश सत्याल, ‘मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान २०८२’ बाट रजनी ज्ञवालीलाई नगद रु १५ हजार सहित सम्मानित गरिने छ । पत्रकारिता क्षेत्रको योगदानलाई सम्मान गर्दै ‘मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८१’ बरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गरिने जनाईएको छ । त्यसै गरी झलक बहादुर बानियाँ स्मृृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन सम्मान २०८०’ अन्तर्गत हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ का उत्कृष्ट छात्र–छात्रालाई नगद रु ७ हजार ५ सय सहित सम्मानित गरिनेछ ।

यसै गरी कार्यक्रमको क्रममा साहित्यिक परिचर्चा समेत आयोजना गरिने साहित्य समाजका सचिव किशन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने छ । आयोजको अनुसार नेपाली भाषा, साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाले २ लाख रुपैँया सहयोग गरेका छन् । मातृभुमि समाजले साहित्यिक कार्यक्रमलाई निरन्तरता दिनका साथै स्थापित एवम् नवोदित प्रतिभाहरुलाई पुरस्कार एवम् सम्मान गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"