पुराना पुलको मर्मत र तौल नियन्त्रण कडाइ गर्न नारायणी यातायात व्यवसायी कम्पनीको माग

Advertisement

हेटौंडा/  देशभरका पुराना तथा जीर्ण पुलहरूको मर्मत, राजमार्ग सुरक्षा, सवारीको भारवहन क्षमता नियन्त्रण, र ढुवानी कर प्रणालीको प्रभावकारी कार्यान्वयनको माग गर्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग ध्यानाकर्षण गराएको छ ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलिले प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् । देशभर धेरै पुलहरू जीर्ण अवस्थामा रहेका कारण सवारी सुरक्षामा गम्भीर जोखिम देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ती पुलहरूको विधिक परीक्षण गरी आवश्यकता अनुसार मर्मत, स्तरोन्नति वा पुनर्निर्माण कार्य तत्काल अघि बढाउन कम्पनीले आग्रह गरेको छ । त्यस्तै, तोकिएको भारवहन क्षमताभन्दा बढी सामान बोकेर चल्ने सवारी साधनहरूलाई कडाइका साथ नियमन र कारबाही गर्नुपर्नेमा अध्यक्षले जोड दिएका छन् । अध्यक्ष पराजुलिका अनुसार सडक र पुलमा बढी भार परेको कारण धेरै दुर्घटना र संरचनागत क्षति भइरहेको छ । हाल देशभर निजी क्षेत्रबाट ११ र सरकारद्वारा २ वटा गरी १३ वटा तौलपुल सञ्चालनमा भए पनि ती तौलपुलहरूबाट भार नियन्त्रणमा अपेक्षित प्रभावकारिता देखिएको छैन। यसरी नियमन कमजोर हुँदा सवारी सुरक्षामा चुनौती थपिएको कम्पनीको तर्फबाट जनाइएको छ ।

त्यसैगरी, ढुवानी क्षेत्रमा मूल्य अभिवृद्धि कर सरकारले पूर्णरूपमा लागू गरे पनि कार्यान्वयन प्रभावकारी नहुँदा बिना ख्ब्त् मा सामान ढुवानी हुने प्रवृत्ति बढ्दै गएको अध्यक्षले बताएका छन् । “यदि सो कर प्रणाली कार्यान्वयनमा सरकार असफल हुन्छ भने, कानुन पुनरावलोकन वा खारेज गर्नुपर्छ,” प्रेस नोटमा उल्लेख छ । राजमार्ग सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले भासिने, चर्किने वा क्षतिग्रस्त सडक तथा पुलहरू तत्काल मर्मत गरी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न माग गरेको छ। साथै, सवारी चालक र व्यवसायीहरूलाई भारवहन क्षमतासम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा पनि सम्मेलनमा उठाइएको थियो । नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.ले सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । यातायात क्षेत्र सुरक्षित बनाउनु सबैको दायित्व रहेको र “त्यसका लागि सबै निकायको समन्वय र स्पष्ट कार्यान्वयन अनिवार्य रहेको बताईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"