ईपिएस श्रमिक परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा हुँदै

Advertisement

हेटौंडा /  कोरियामा कार्यरत  नेपाली श्रमिकका परिवारलाई लक्षित गरी आगामी जेठ १६ गते हेटौंडामा एकदिने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मार्फत कार्यक्रम हुने सम्बन्धमा आयोजकले जानकारी गराईएको हो । हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा सहभागी परिवारलाई आर्थिक ज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइने अंकुर नेपाल हेटौंडा सम्पर्क समितिका सचिव माधव सापकोटाले जानकारी दिनुभयो । समितिका सचिव सापकोटाले कार्यक्रममा सहभागीले विदेशमा कमाएको अनुभवलाई सकारात्मक रूपमा उपयोग गरी स्वदेशमै रोजगारका अवसर खोज्न सक्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था , खुसीपूर्ण आप्रवासन परियोजना र अंकुर नेपाल हेटौंडा सम्पर्क समितिको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा १ सय २० जनाको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा सहभागी परिवारका लागि खाजा र यातायातको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"