भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु

Advertisement

हेटौंडा ः पूर्व मकवानपुरको बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवद्र्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा तथा बागमती गाउँपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो । बागमती प्रदेशका नेपाल तामाङ घेदुङ अध्यक्ष लिला कुमार घलानको सभाध्यक्षता एवम्े गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घलानले सहभागीहरूलाई प्रशिक्षणमा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले भाषा संरक्षण र प्रयोगमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष तथा अभियानकर्मी मोहन बहादुर गोलेले प्रशिक्षण दिनुभएको थियो ।

भाषा विज्ञ तामाङले तामाङ समुदायको इतिहासबारे जानकारी दिँदै तामाङ भाषा विद्यालय तहदेखि इच्छाअनुसार डिग्री तहसम्म अध्ययन गर्न सकिने व्यवस्था हुनु पर्नेमा जोड दिनुभयो । यसै गरी अभियानकर्मी गोलेले  तामाङ भाषा तथा अन्य आदिवासी भाषाको संरक्षण र प्रवद्र्धनका लागि नेपाल तामाङ घेदुङले गरेका प्रयासहरू प्रस्तुत गर्दै भाषा नीतिलाई व्यवहारमा उतार्न राज्य स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । गोलेका अनुसार नेपालमा ६ प्रतिशत आदिवासी जनजातिले मात्र ४ प्रतिशत मातृभाषा बोलिरहेका छन् भने करिब ६ दर्जन आदिवासी भाषाहरू अझै जीवित छन् । २०२१ को जनगणना अनुसार नेपालमा १६ लाख ३९ हजार ८६६ तामाङ समुदायका नागरिक रहेका छन् । प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका शिक्षकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"