शहीद रुद्र पाखिन स्मृति फुटबल: दोस्रो दिन पाँच खेलमा उत्साह

Advertisement

हेटौंडा / शहीद रुद्र पाखिन र वासुदेव घिमिरेको स्मृतिमा आयोजना गरिएको तेस्रो खुला ८ ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार पाँचवटा खेल सम्पन्न भएका छन् ।

मकवानपुरगढी गाउँपालिका–२ स्थित कुर्लेदमार खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा उत्तम पानी एफसी ले चौघडा एफसीलाई २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्‍यो । विजयी टिमका उर्जेन केसी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा, संयुक्त नव स्टार युवा क्लब र सनराइज युथ क्लबबीचको खेल रोमाञ्चक देखिएको थियो। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नव स्टारले १३–१२ को अन्तरले जित हात पार्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि सनराइज युथ क्लबका सुरज थिङ म्यान अफ द म्याच बने ।

तेस्रो खेलमा योन्जन ढुवानी सेवा ले एफसी कालोपानीलाई ३–० गोलले सहजै हराउँदै अर्को चरणमा प्रवेश गर्‍यो। महेश वाइबा म्यान अफ द म्याचको उपाधि पाए ।

चौथो खेलमा, देवीडाँडा युथ क्लब ले अग्रसर युथ क्लबलाई २–१ ले पाखा लगाउँदै अर्को चरणमा स्थान बनायो। खेलमा निर्णायक भूमिका खेलेका रोमन घलान म्यान अफ द म्याच बने ।

सोमबार सम्पन्न अन्तिम खेलमा, सात नं बिहानी टिम ले टिम २५ एफसीलाई २–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्‍यो। उक्त खेलमा प्रभावशाली प्रदर्शन गरेका अनिल थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको आयोजना र दाजुभाइ एफसी मकवानपुर तथा खेलकुद विकास समिति मकवानपुरगढीको सह–आयोजनामा भइरहेको हो ।

मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाका अनुसार प्रतियोगिता आगामी जेठ २८ गतेसम्म चल्नेछ। विजेता टिमलाई रु ७५ हजार र उपविजेतालाई रु ४० हजार पुरस्कार प्रदान गरिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"