तेस्रो मकवानपुरगढी कपको उपाधिमा दाजुभाई एफसीको कब्जा

Advertisement

हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारमा सम्पन्न ‘शहीद रुद्र पाखिन तथा वासुदेव घिमिरे स्मृति तेस्रो मकवानपुरगढी कप खुला ८ ए साइड फुटबल प्रतियोगिता’ को उपाधि यस वर्ष दाजुभाई एफसीले उचालेको छ । बुधबार भएको रोमाञ्चक फाइनल खेलमा दाजुभाईले सिमलटार एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित ४० मिनेटको खेल अवधिमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजा पेनाल्टीमार्फत तय भएको थियो । दाजुभाई एफसीले ३–२ गोल अन्तरको जित दर्ता गर्दै विजेता बन्ने गौरव हासिल गर्‍यो । उपाधिसँगै दाजुभाई एफसीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी र शिल्ड प्राप्त गर्‍यो भने उपविजेता बनेको सिमलटार एफसीले ४० हजार नगद र ट्रफीमा सान्त्वना टप्पर राख्यो । खेलमा उत्कृष्ठ प्रदर्शन गरेका दाजुभाईका सुजन बल म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई पुरस्कार खेलकुद विकास समितिका सदस्य विक्रम योन्जनले प्रदान गरेका थिए । प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीका रूपमा दाजुभाई एफसीका सामुएल सुनार चम्किए ।

यस्तै, सिमलटार एफसीका आयुष गोले उत्कृष्ट गोलरक्षक र प्रितम स्याङ्बो उत्कृष्ट डिफेन्डरको रूपमा चयन भए। दाजुभाई एफसीकै शुभराज गोले उत्कृष्ट मिडफिल्डर र समिरराज थोकर उत्कृष्ट स्ट्राइकर घोषित भए। प्रशिक्षक विधामा दाजुभाईका राज स्याङतानले उत्कृष्ट प्रशिक्षकको उपाधि प्राप्त गरे । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीले सह–आयोजकको रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए । पुरस्कार वितरण समारोह मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्य मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनले ग्रहण गरेकी थिइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"