अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कारबाहीको माग, नेकपा (बहुमत) आन्दोलित

Advertisement

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (बहुमत)  मकवानपुर जिल्ला कमिटीको आयोजनामा  शुक्रबार  हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकमा विरोध कोणसभा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला इन्चार्ज अग्रिम गजमेरको नेतृत्वमा सम्पन्न भएको हो ।

कोणसभामा पार्टीका केन्द्रीय सल्लाहकार पेमा तामाङ, जिल्ला सचिव भक्त माझि, पार्टी सदस्य श्याम सेन्चुरी, बकैया गाउँपालिका इन्चार्ज प्रेम तामाङलगायत १०–१२ जना नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा “न्याय मार्न पाइँदैन, अदालतभित्रको सेटिङ चाहिँदैन”, “सम्पूर्ण वामपन्थी देशभक्त प्रगतिशील जनतान्त्रिक युवा एकजुट होऔं” भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।

जिल्ला सचिव भक्त माझिले कोणसभामा बोल्दै पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई पार्टीका नेताहरू — केन्द्रीय सदस्य अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा जनसमुदायको सहभागितासहित कालोमोसो दलिएको जानकारी दिए । उनका अनुसार, यस्ता न्यायाधीशहरूले पीडितमाथि अन्याय गर्नुका साथै नेपालको न्याय प्रणालीलाई अन्तर्राष्ट्रिय समुदायमा बदनाम बनाएको आरोप लगाए ।

त्यसैगरी, केन्द्रीय सल्लाहकार पेमा तामाङले संसदवादी व्यवस्था र पूँजीवादकै कारण देशमा व्यापक भ्रष्टाचार, न्यायको व्यापारीकरण र जनताको दमन भइरहेकाले वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको बताए। उनले वाइडबडी विमान खरिद, ओम्नी समूह, ललिता निवास प्रकरणजस्ता घटनाहरू संसदवादी पूँजीवादी व्यवस्थाको परिणाम भएको जिकिर गरे ।

उनले हालै जनकारबाहीमा गिरफ्तार गरिएका पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूको अविलम्ब र शर्तरहित रिहाइको माग गर्दै आन्दोलनलाई थप तीव्र बनाइने चेतावनी पनि दिए । कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। साथै, पार्टीले आगामी दिनमा अझ व्यापक जनपरिचालनमार्फत संघर्षलाई अघि बढाइने स्पष्ट पारेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"