तामाङ पत्रकारहरूका लागि पहिलोपटक मकवानपुरमा तामयिक लिपि प्रशिक्षण सम्पन्न

Advertisement

हेटौंडा /  तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ पत्रकारहरूका लागि लक्षित गर्दै तीनदिने तामयिक लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जेठ २८ गतेदेखि सुरु भएको यो कार्यक्रम मकवानपुर जिल्लामा पहिलोपटक तामाङ पत्रकारहरूका लागि सञ्चालन गरिएको हो । संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मकवानपुर जिल्लाभरिका तामाङ पत्रकारहरूका साथै तामाङ समुदायका सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तामाङ भाषाको मौलिक लिपि ‘तामयिक’ सिकाउने उद्देश्यसहित सञ्चालन गरिएको यस प्रशिक्षणले तामाङ भाषा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुगाउने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो र घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलानले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षण अवधिभर तामयिक लिपिको उत्पत्ति, विकास, लेखन पद्धति र व्यवहारिक प्रयोग लगायतका विषयमा विस्तृत जानकारीसहित अभ्यास गराइएको थियो । कार्यक्रमको समापन सत्र हेटौंडा उपमहानगरपालिका वडा नं। २ का अध्यक्ष विष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समापन अवसरमा सहभागी पत्रकारहरूले तामयिक लिपिमा लेखिएका नमूना सामग्रीहरू प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"