बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंको कार्यकाल पूरा

Advertisement

हेटौंडा/  बागमती प्रदेश युवा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेका छन् ।

उनले मिति २०७८ साल जेठ ३१ मा शुरु भएको कार्यकाल २०८२ जेठ ३१ मा पूरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । प्रदेशको पहिलो कार्यकारी उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा धेरै चुनौतीका बीचबाट अघि बढेको उल्लेख गर्दै चौलागाईंले आफ्नो कार्यकाललाई “सुखद्, उपलब्धीमूलक र सफल” रहेको बताएका छन् । प्रदेश सरकारबाट प्राप्त अधिकार, कर्तव्य तथा युवा नीति कार्यान्वयन गर्दै उनले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिएका छन् ।

उनको कार्यकालमा प्रदेश युवा नीति निर्माण, नमूना युवा संसद, आत्मरक्षा तालिम, प्रदेश युवा सम्मेलन, सीपमूलक तालिम लगायत कार्यक्रमहरू उल्लेखनीय रूपमा सम्पन्न भएके बताए । आर्थिक वर्ष २०८१÷८२ लाई ‘सीप वर्ष’ को रूपमा घोषणा गरी करिब १० हजार युवालाई सीप विकास तालिम दिइएको उनले बताएका छन् । यसैगरी महिला युवाका लागि आत्मरक्षा तालिम, १३ वटै जिल्लाबाट प्रशिक्षक उत्पादन, स्वरोजगार प्रवद्र्धन, कुलत न्यूनीकरणका लागि कार्यशाला, र मुख्यमन्त्रीसँग प्रत्यक्ष संवादजस्ता कार्यक्रमहरूको प्रभावकारी सञ्चालन गरिएको चौलागाईंले बताएका छन् ।

कार्यकाल अवधिमा प्रदेश सरकारमा सातवटा मन्त्रीहरूसँग सहकार्य गर्दै काम गर्नु परेको उनले उल्लेख गरेका छन् । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री युवराज दुलाल, सरस्वती बस्नेतदेखि लिएर हालका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनसम्मको सहकार्यका लागि उनले आभार प्रकट गरेका छन् । कार्यकालको अनुभव आगामी दिनमा प्रदेश सरकारलाई आवश्यक परे सहयोग गर्न तयार रहेको उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"