हेटौंडामा नेकोस कप महिला भलिबल र स्केटिङ प्रतियोगिता हुदैं

Advertisement

हेटौंडा/  नेपाल स्पोर्ट सेन्टर (नेकोस) का आयोजनामा हेटौंडामा ‘नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ र ‘नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार असार ७ देखि ११ गतेसम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब, साथै मधेश, गण्डकी र बागमती प्रदेश लगायत ७ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यसै गरी स्केटिङ प्रतियोगितामा भने १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी ४ विधामा करिब १५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार भलिबलतर्फ प्रथम पुरस्कार ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना पुरस्कार ५१ हजार, साथै ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद प्रदान गरिने छ ।

यस्तै स्केटिङतर्फ प्रथम हुनेलार्ई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करीब ८० लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान आयोजकले गरेकोे छ । भलिबल प्रतियोगिता असार ७ गते शनिबार दिउँसो ३ बजे ह्याचौरस्थित भलिबल प्रशिक्षण केन्द्रमा उद्घाटन हुनेछ भने स्केटिङ प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजे हेटौंडा–५, पुष्पलाल रोडस्थित स्केटिङ पार्कमा सञ्चालन हुने जनाएको छ । आयोजकका अनुसार दुबै प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुने छ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह असार ११ गते हेटौंडाको हुप्राचौरमा आयोजना गरिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"