हेटौंडामा ट्रक दुर्घटना – चालकको मृत्यु, सहचालक सामान्य घाइते

Advertisement

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा भारतको वनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर ल्याउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक सामान्य घाइते भएका छन् ।

दुर्घटना आज बिहान करिब २:३० बजे पूर्व–पश्चिम लोकमार्गस्थित चार्जिङ पोइन्ट नजिकै भएको हो । यूपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रकको ब्रेक फेल भएपछि ट्रक सडकको दाहिने किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ट्रक पल्टिएर चालक ट्रकभित्रै च्यापिएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो । दुई वटा क्रेनको सहायतामा बिहान ४:४५ बजे भारतको गाजीपुर, पुरैनिया बस्ती निवासी ४५ वर्षीय चालक महेन्द्र यादवलाई अचेत अवस्थामा निकालिएको थियो । उहाँलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको भए पनि डाक्टरले मृत घोषणा गरेका हुन् । हाल मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा सामान्य घाइते भएका सहचालकको उपचार भइरहेको जनाइएको छ। दुर्घटनामा प्रयोग भएको ट्रकलाई सडक किनारमा साइडमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"