सुरक्षित आप्रवासनबारे पत्रकारसँग अन्तरक्रिया

Advertisement

हेटौंडा / सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमअन्तर्गत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ ।

सामि परियोजना मकवानपुरकी संयोजक अञ्जिता थापा मगरले मकवानपुर जिल्लामा सञ्चालित सामि कार्यक्रमको अवस्था र उपलब्धिबारे प्रस्तुति दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा स्रोत केन्द्रमार्फत ७ हजार २ सय ६६ जनासम्म सूचना प्रवाह गरिएको छ । ८७ प्रतिशत सेवाग्राहीहरूको उद्देश्य वैदेशिक रोजगारी रहेको जानकारी दिँदै उहाँले महिलाको सहभागिता उल्लेख्य रूपमा बढिरहेको बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको चैत सम्ममा मकवानपुरबाट ३ हजारको संख्यामा महिला वैदेशिक रोजगारीको लागि विदेशिएको छ ।

मकवानपुरमा चालू आर्थिक वर्षको चैत सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार रहेकोे छ । त्यस्तै, ४ सय ४५ जना सेवाग्राही फलोअपमा रहेको र २९ जनाले वैदेशिक रोजगारीका लागि जाने प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो । गहन अभिमुखीकरण कार्यक्रममार्फत ४ सय ७६ जनाले प्रत्यक्ष सूचना प्राप्त गरेका छन् भने स्रोत केन्द्रमा उजुरी पेस गर्ने क्रम पनि बढ्दो छ ।

चालु आर्थिक वर्षमा १ सय ३३ वटा उजुरी केस दर्ता भएकोमा करिब ४७ प्रतिशत केसको समाधान भइसकेको उहाँले बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिम्ल्सिनाले वैदेशिक रोजगार व्यवस्थापनको विषयमा प्रस्तुति दिनुभयो । उहाँले वैदेशिक रोजगारमा देखिने समस्या, समाधानका उपायहरू र स्थानीय सरकारको भूमिकाबारे चर्चा गर्नुभयो । संचारकर्मीहरूका लागि आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगार, सुरक्षित आप्रवासन र पत्रकारिताको भूमिका सम्बन्धी विभिन्न धारणा आदानप्रदान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"