सत्ता कुर्सी डगमगियो, मुख्यमन्त्री लामाविरुद्ध दलभित्रै सशक्त हमला

Advertisement

हेटौंडा/ कांग्रेस बागमती प्रदेशमा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीभित्रैबाट मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पार्टीकै २१ जना प्रदेशसभा सदस्यले लामाको नेतृत्वमा असन्तुष्टि जनाउँदै प्रदेश संसद सचिवालयमा हस्ताक्षरसहितको अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

संसदीय गणितअनुसार ३७ सदस्य रहेको कांग्रेस प्रदेश दलमा नेता बन्न १९ मत पर्याप्त हुन्छ  । अहिले बहुमत सांसदको समर्थनमा प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्व संकटमा परेको छ । यसअघि इन्द्र बानियाँलाई पराजित गर्दै नेता बनेका लामामाथि जनअपेक्षा अनुसार शासन गर्न नसकेको आरोप लागेको छ । यसैबीच सरकारमा रहेका चारजना मन्त्री—सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदु कुमार श्रेष्ठ—ले पनि सामूहिक रूपमा राजीनामा दिँदै नेतृत्वमा असहमति प्रकट गरेका छन् । अविश्वास प्रस्तावको पृष्ठभूमिमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई लिएर दलभित्रै ठूलो विवाद उत्पन्न भएको थियो । बजेट व्यवस्थापनमा सन्तुलन नदेखिएको भन्दै लामाको कार्यशैलीप्रति चर्को असन्तुष्टि बढेको बताइन्छ । कांग्रेस संसदीय दलको कार्यालयमा सभापति समेत रहेका इन्द्र बानियाँको संयोजनमा बसेको बैठकले अविश्वास प्रस्ताव अघि बढाएको हो । बानियाँले दलभित्रको बहुमत लामाको पक्षमा नरहेको पुष्टि गर्दै केही दिनभित्र नयाँ नेता चयन हुने जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"