मुख्यमन्त्री बानियाँ सहित ८ मन्त्रीले लिए सपथ

Advertisement

हेटौंडा / बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिमा नयाँ सरकार गठन भएको छ। नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्रीको रूपमा नियुक्त भई मंगलवार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री बानियाँसँगै गठबन्धन सरकारका आठ मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एमालेबाट छ जना र नेपाली काँग्रेसबाट दुई जना मन्त्री नियुक्त भएका छन् । नेकपा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा भौतिक तथा पूर्वाधार विकास मन्त्रीका रूपमा शपथ लिनुभएको छ । जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त हुनुभएको छ। भरतबहादुर केसी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पुग्नुभएको छ भने मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हाल्नुहुनेछ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी विन्दु श्रेष्ठलाई दिइएको छ। स्वास्थ्य मन्त्रालयको नेतृत्व किरण थापामगरले पाउनु भएको छ। जयराम थापा यसअघि पनि यही मन्त्रालयमा रही काम गरिसक्नुभएको छ । नेपाली काँग्रेसबाट कृष्ण बहादुर तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीमा नियुक्त हुनुभएको छ। काँग्रेसकै शिवराज अधिकारीले पनि मन्त्री पदको शपथ लिनुभएको छ, तर उहाँको मन्त्रालयको टुंगो भने केही दिनमा गरिने बताइएको छ । बागमती प्रदेशमा कुल १४ वटा मन्त्रालय छन्। सत्ता साझेदारी अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाएको छ भने नेकपा एमालेले ६ मन्त्रालयको जिम्मेवारी लिएको छ। काँग्रेसको भागमा अझै आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद र संस्कृति तथा पर्यटन मन्त्रालय रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

मकवानपुर/ नेपाली संगीतको तामाङ सेलो इन्डस्ट्रीमा उदाउँदै गरेका कोरियोग्राफर, डान्सर, मोडल तथा निर्देशक आशिष लामाको नयाँ म्युजिक भि...
श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"