नागरिकलाई समयमा र स्पष्ट सुचना दिनुपर्ने – प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

Advertisement

हेटौंडा /  राष्ट्रिय सूचना दिवस २०८२ को अवसरमा हेटौंडामा मंगलबार सूचनाको हक अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सूचनाको हक कार्यान्वयनमा अझै धेरै चुनौती रहेको गुनासो गरेका थिए ।

सुचना दिने निकायहरूले मागिएका सूचना समयमा नदिने, ढिलाइ गर्ने वा अपूर्ण जानकारी दिने प्रवृत्ति बढेको बताएका थिए । उनीहरूले नागरिकले सहज रूपमा सूचना पाउन नसक्दा पारदर्शिता र जवाफदेहितामा बाधा पुगेको भन्दै स्थानीय तहदेखि केन्द्रसम्म सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुचना सम्प्रेषण जति प्रभावकारी हुन सक्यो, त्यति नै लोकतन्त्र पनि संस्थागत हुने बताउनुभयो । नागरिकलाई समयमा र स्पष्ट सुचना दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कानुनले बन्देज गरेको बाहेकका सुचनाहरु मागेको बेलामा मात्र नभई अन्य समयमा पनि सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गलत र भ्रामक सुचना सम्प्रेुन नगर्न आग्रह समेत गर्नु भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले सूचनाको हक र अधिकार सम्बन्धी प्रस्तुति दिनुभएको थियो । उहाँले विश्वमा पहिलोपटक सन् १७६६ मा स्वीडेनबाट सूचनाको हकको सुरुआत भएको हो भने नेपालमा सन् २०५७ सालको संविधानदेखि यसलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्का, प्रहरी नायव उपरिक्षक श्यामु अर्याल, सुचना संग सम्बद्ध निकायका सरकारी कर्मचारी पत्रकार लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"