मकवानपुरका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने

Advertisement

हेटौँडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने भएको छ । खेतीपातीसँगै बाख्रा, कुखुरा पाल्दै आएका वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमारलाई गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष सिफारिस गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस पत्र बुझाएलगत्तै मुख्यमन्त्री बानियाँले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन्। अध्यक्ष मुक्तानका अनुसार पालिकाभित्र चेपाङ, जनजाति र अति विपन्न समुदायको संख्या धेरै भए पनि लालकुमारलाई प्राथमिकतामा राखी सिफारिस गरिएको हो । मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा कोही पनि नागरिक गास, वास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने लक्ष्यसहित सुरक्षित आवासको व्यवस्था गरिएको बताएका छन् । यसैबीच, राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङको घर निर्माणका लागि समेत मुख्यमन्त्री बानियाँले पहिलो किस्ताबापत दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। सुत्केरी श्रीमतीसँग झुप्रोमा बस्दै आएका सुमनसिंलाई व्यक्तिगत खर्चमै घर बनाइदिने घोषणा गर्दै उनले तत्कालै रकम उपलब्ध गराएका हुन् ।  यस्तै, मनहरी गाउँपालिका वडा ९ निवासी विपन्न दलित महिला मिठुमाया सुनारलाई समेत आवास निर्माणका लागि आवश्यक सहयोग उपलब्ध भइसकेको छ । मुख्यमन्त्री बानियाँले विपन्न परिवारलाई लक्षित गर्दै आवास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"