मकवानपुरको बकैयामा आगलागी,करिब दुई करोड रुपैयाँ बराबरको क्षति

Advertisement

मकवानपुर/  पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ७ः४५ बजे स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी भएको थियो। आगलागी नियन्त्रण गर्ने क्रममा जिम्बा घाइते भएका छन् । उनका दुवै हात र खुट्टा पोलेको छ भने शरीरको करिब ४० प्रतिशत भाग जलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । जिम्बालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पसल सञ्चालकले घर अगाडि बालेको दियोमा पेट्रोल ड्रमबाट इन्धन हाल्ने क्रममा ड्रम पल्टिँदा आगो सल्किएको हो ।  आगलागीबाट दुईतले पक्की घर जलेर नष्ट भएको छ। नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घरभित्र राखिएको एनएस २०० मोटरसाइकल तथा सामान किनमेल गर्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको २२० सीसी पल्सर मोटरसाइकल पनि जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र बागमती गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्र परिचालन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"