हेटौंडामा भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा

Advertisement

हेटौंडा/  आत्मविश्वासी र सक्षम समाज निर्माण गर्ने उद्देश्यले हेटौंडा–२, (नगरपालिका अगाडि) भाषणकला तथा उद्घोषण तालिम केन्द्र सञ्चालनमा आएको छ ।

पत्रकार तथा अनुभवी प्रस्तोता रुपक कालिराजको नेतृत्वमा स्थापना गरिएको यस केन्द्रमार्फत विभिन्न उमेर समूहका व्यक्तिहरूलाई व्यावसायिक स्तरको भाषणकला, उद्घोषण र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको छ । युवाहरू आत्मविश्वासको कमीका कारण रोजगारीका अवसर गुमाइरहेको र वैदेशिक रोजगारमा निर्भर हुन बाध्य भइरहेका अवस्थालाई मध्यनजर गर्दै स्थापना भएको केन्द्रले व्यावहारिक तालिममार्फत व्यक्तित्व विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

कालिराजका अनुसार संघ–संस्थाका पदाधिकारी, राजनीतिकर्मी, विद्यार्थी, शिक्षक, व्यापारी, सामाजिक अभियन्ता, कर्मचारी, गृहिणी, कलाकारदेखि सुरक्षाकर्मीसम्म जो कोही यस तालिममा सहभागी हुन सक्छन् । नेपालका ५० भन्दा बढी जिल्लामा उद्घोषण, भाषणकला तथा नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गरिसकेका कालिराज हजारौँ स्टेज कार्यक्रम सञ्चालनको अनुभव बोकेका व्यक्तित्व हुन् । अनलाइन, पत्रपत्रिका र रेडियोका लोकप्रिय प्रस्तोता समेत रहेका उहाँ अहिले सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।

केन्द्रमा व्यावहारिक तालिम हल, अनलाइन सेवाहरू, सरकारी प्रक्रिया सहयोगलगायत सुविधाहरू उपलब्ध गराइनेछन् । चाँडै विभिन्न कार्यशाला, सेमिनार र प्रतिस्पर्धात्मक कार्यक्रमहरूको आयोजना गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ। तालिम केन्द्र हेटौंडा–२, मानसचोक ९नगरपालिका अगाडि० मा रहेको छ। विशेष छुटका लागि तत्काल सम्पर्क गर्न सकिने जानकारी कालिराजले दिनुभयो । यस पहलले विद्यार्थी, युवा नेता, शिक्षक, सञ्चारकर्मी तथा सामाजिक अभियन्तालाई उपयोगी मात्र नभई बेरोजगार युवालाई सीपमूलक प्रशिक्षणमार्फत सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"