बागमती प्रदेश श्रम मन्त्रालय – क्षति व्यवस्थापनसँगै डिजिटल सेवा सुरु

Advertisement

हेटौंडा/  बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्रालयको आगामी योजना र हालका गतिविधि सार्वजनिक गरेको छ ।

मन्त्री जयराम थापाले गत साउन २० मा गठन भएको नयाँ सरकार पहिलो बैठकदेखि नै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभएको छ । मन्त्री थापाका अनुसार गत भदौ २४ गतेको जेनेरेशन जेड प्रदर्शनको क्रममा मन्त्रालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मन्त्रालयअन्तर्गतका १२ वटा यातायात कार्यालयमध्ये दुई पूर्ण र दुई आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

यद्यपि, यो कार्यालय सेवाग्राही केन्द्र भएकाले तुरुन्तै पुनर्निर्माणको काम अघि बढिसकेको छ । मन्त्री थापाले प्रदेश सरकार गठनसँगै सबै मन्त्रालयमा चुस्त(दुस्त ९स्मार्ट सेवा० सुनिश्चित गर्न खर्च कटौतीको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। संघीय सरकारबाट अनुमति पाएपछि एक महिनाभित्र स्मार्ट ड्राइभिङ अनुमतिपत्र वितरण गरिने र यस अन्तर्गत सेवाग्राहीले लिखित र अभ्यास परीक्षा बाहेकका सबै प्रक्रिया अनलाइनबाट पूरा गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरिएको यस प्रणालीले डिजिटल अनुमतिपत्र र क्यूआर कोडमार्फत सेवा द्रुत र पारदर्शी बनाउनेछ । बागमती सवारी दर्ता प्रणाली र ई(ब्लूबुक प्रणालीमार्फत सवारी कर, नविकरण र विवरण अनलाइन गर्न सकिने सुविधा प्रदान गरिँदैछ ।

यसमा भुक्तानी प्रणालीमा भुक्तानी बटन राखेर सेवाग्राहीले घरमै बस्दा पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसले बिचौलिया संस्कारलाई निर्मूल गर्दै पारदर्शिता र जवाफदेहिता दुवै सुदृढ गर्ने बताइएको छ । भद्र २३ र २४ गतेको जेनेरेशन जेड प्रदर्शनका क्रममा प्रदेशमा सरकारी सवारी साधन चारपाङ्ग्रे ५३ वटा र दुईपाङ्ग्रे १४२ वटा गरी कुल १९५ सवारी साधन नष्ट भएको छ। सो घटनामा कुल २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।

नागरिकहरूको पनि धेरै सवारी साधनमा क्षति पुगेको हुँदा पूर्ण रूपमा नष्ट भएका सवारी साधनको आ / व ०८२ र ०८३ को सवारी कर र नविकरण दस्तुर पूर्ण छुट गरिने तथा आंशिक क्षति भएका सवारी साधन प्रयोगमा नआउँदासम्म कर मिनाहा गरिने प्रक्रिया अघि बढाइँदैछ । प्रदर्शनका कारण कार्यालयको सेवा अवरुद्ध हुँदा सेवाग्राहीले तिर्नुपर्ने जरिवाना पनि छुट गरिने बताइएको छ । मन्त्री थापाले मन्त्रालयले तयार पारेको रोडम्यापअनुसार सेवाग्राही सुविधा द्रुत, पारदर्शी र बिना सम्पर्क ९फेसलेस० बनाइने जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"