हेटौंडा/ हेटौंडामा तिहार लक्षित बजार अनुगमन सुरु गरिएको छ । तिहार नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजगर गर्दै बुधवारदेखि उद्योग तथा वाणिज्य कार्यालय मकवापुरका प्रमुख रामप्रसाद भुसालको नेतृत्वमा बजार अनुगमन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर , हेटौंडा उपमहानगरपालिका , मकवापनुर उद्योग वाणिज्य संघ , उपभोक्ता हकहित संरक्षण मंचको संयुक्त टोलीले हेटौंडा बजारमा रहेका व्यवसायिक पसलहरुको अनुगमन गरिएको थियो । बुधवारदेखि सुरु भएको अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षहरुको अनुगमन गरिएको प्रमुख भुसालले बताए । हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएसँगै अनुगमन टोलीले व्यवसायिक पसलहरुमा विक्रि गर्न राखिएको प्लाष्टिकका फुलहरु हटाउन निर्देशन दिएको प्रमुख भुसालले जानकारी दिए ।
मंगलवार उपमहानगरपालिकाले प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको थियो । बुधवार १२ वटा पसलहरुको अनुगमन गरिएको टोलीले २ वटा पसललाई भने १०÷१० हजार रुपैयाँ जरिवाना गरिएको थियो । हेटौंडा ४ नम्वर वडामा दर्ताको विशाल किराना पसल हेटौंडा १० मा सञ्चालन गरिएको र बिरगंज ९ नम्वर वडामा दर्ता गरिएको आरुशी ईन्टर प्राईजेस हेटौंडा १० मा सञ्चालन गरिएको हुनाले उक्त दुई पसलहरुलाई १०÷१० हजार रुपैयाँसहित जरिवाना गरिएको प्रमुख भुसालले बताए । अनुगमन टोलीबाट पसलहरुहरुलाई नियमित सरसफाइ गर्न, मूल्यसूची र साइनबोर्डको व्यवस्थापन, म्याद सकिएका सामानलाई अलगै राख्न र पसल दर्ता एवम् नवीकरण गरेर सञ्चालन गर्न सुझाव दिइएको प्रमुख भुसालले जानकारी दिएका थिए । उनका तिहारमा उपभोक्ता ठगिने समस्या हुने हुँदा अनुगमनलाई नियमित गरिने बताए ।





























