दक्षिण कोरिया / नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन नोभेम्बर २३ मा सौलको दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुँदैछ। महाधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । घेदुङ स्थापना कालदेखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थासँग हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएको छ ।
महाधिवेशनका लागि नेतृत्व चयनमा रस्साकस्सी देखिएको छ । विशेष स्रोतका अनुसार हालसम्म आधा दर्जनभन्दा बढीले अध्यक्ष पदको लागि इच्छा देखाएका छन्। यसमा वर्तमान बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष गणेश योञ्जन, बुद्धी बहादुर स्याङतान, वर्तमान महासचिव दावा फिन्जो तामाङ, सचिव निर बहादुर योञ्जन, कोषाध्यक्ष पासाङ बोम्जन र सहकोषाध्यक्ष पूर्णमान तामाङ लगायतले आफुलाई दावेदारको रूपमा प्रस्तुत गरेका छन् ।
अध्यक्ष बाहेक अन्य पदमा, अध्यक्षका दावेदारहरूले आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेका छन् । अध्यक्षका प्रमुख आकांक्षीहरूमा राम बहादुर तामाङ, दावा फिन्जो तामाङ, गणेश योञ्जन, र निर योञ्जन प्रबल सम्भावनाका साथ अघि रहेका छन्। हालसम्म राम बहादुर र दावा फिन्जो तामाङबीच सहमति नहुँदा, निर योञ्जन अध्यक्ष हुने सम्भावना पनि बलियो देखिएको छ। तर गणेश योञ्जनले पनि आफ्नो टिम निर्माण गरिरहेकोले निर योञ्जनलाई सहज हुने सम्भावना कम छ। अध्यक्षका आकांक्षीहरू राम बहादुर र दावा फिन्जोले अन्य दावेदारहरूसँग समर्थन जुटाउने प्रयास गरिरहेका छन्। अन्ततः, राम बहादुर र दावा फिन्जोबीच सहमति नहुँदा निर्वाचनको प्रक्रिया अघि बढ्ने देखिएको छ । अध्यक्षका आकाङ्क्षीहरुले संस्थाका सल्लाहकार, संरक्षक र तामाङ समुदायको अगुवाहरु सङ्ग समर्थनको लागि पहल गरिरहेका छन् ।






























