हुण्डी कारोवार रोक्न दक्षिण कोरियास्थित नेपाली दूतावासको आग्रह

Advertisement

सिओल / एशिया–प्रशान्त मनी–लौन्डरिङ समूह ९एपीजी० र वित्तीय एक्शन टास्क फोर्स ९एफएटीएफ० ले नेपाललाई निगरानी बढाइएको क्षेत्राधिकार ग्रे लिस्टमा समावेश गरेपछि दक्षिण कोरियास्थित नेपाली दूतावासले विशेष सूचना जारी गर्दै विदेशमा रहेका नेपालीहरूलाई अवैध वित्तीय कारोबार तथा आपराधिक क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार, केही नेपालीहरू दक्षिण कोरियामा गैरकानूनी रूपमा सञ्चालन हुने वित्तीय कारोबार हुण्डी तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको सूचना प्राप्त भइरहेकाले यसले अन्तर्राष्ट्रिय रूपमा नेपाललाई थप जोखिममा पुर्‍याउन सक्ने चेतावनी दिइएको छ ।

नेपाल सरकारले एफएटीएफका मापदण्डअनुसार सुधारका प्रयासहरू गरिरहेको अवस्थामै यस्ता अवैध गतिविधि बढेमा नेपालमाथि नकारात्मक प्रभाव पर्न सक्ने दूतावासको भनाइ छ । दूतावासले अवैध रूपमा रेमिट्यान्स पठाउने, विदेशबाट उच्च ब्याजको प्रलोभन देखाई बैंकमा स्थायी जम्मा फिक्स्ड डिपोजिट को नाममा रकम संकलन गर्ने वा शङ्कास्पद कारोबारमा संलग्न हुने जस्ता कार्यहरू आपराधिक मानिने स्पष्ट गरेको छ ।

यदि कसैलाई यस्ता गतिविधि देखिएको वा शङ्का लाग्ने सूचना प्राप्त भएमा तुरुन्तै दूतावासको इमेल conseoul@mofa.gov.np वा दूतावासको मेसेन्जरमार्फत जानकारी गराउन पनि अनुरोध गरिएको छ । दूतावासले दक्षिण कोरिया तथा अरु देशमा बसेका सम्पूर्ण नेपालीहरूलाई पहिचान, प्रतिष्ठा र मुलुकको छविको रक्षा गर्दै कानुनसम्मत मार्गबाट मात्र आर्थिक कारोबार तथा श्रम–व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"