दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आउदो फेब्रुअरी १ तारिखको दिन “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान–२०२६” कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजना हुने उक्त कार्यक्रममा नेपालको आदिवासीय मौलिक पर्वहरुको इतिहास, मनाउने बिधि, महत्व र परम्पराको विषयमा चिनाउने कार्यहुने आयोजकले जनाएको छ । पहिपो पटक हुन लागेको उक्त कार्यक्रमलाइ चिनारी अभियानको रुपमा अघि सारिएको छ । कार्यक्रम सौलको दोङ्देमुन स्थित सेमावल हलमा हुने तय भएको छ । साथै उक्त कार्यक्रममा तामाङ रैथाने परिकारलाइ पनि प्रस्तुत गर्नुका साथै खाजाको रुपमा प्रयोग गरिने जनाएको छ । कार्यक्रममा मगर र गुरुङ समुदायको नाचलाइ पनि प्रस्तुत गरिने जनाएको छ । हरेक वर्ष गरिने चिनारी अभियान कार्यक्रममा बिभिन्न समुदायको परिवार र गीत सङ्गीतलाइ पालै पालो प्रस्तुत गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागि भएर सिक्ने र सिकाउने अभियानमा सरिक हुनको लागि महासङ्घका अध्यक्ष शुभराज भोम्जनले कोरियामा रहेका नेपालीहरुलाइ आह्वान गर्नुभएको छ ।





























