रिगलको कैद मिनाहा कानुन विपरीत : मानव अधिकार आयोग

Advertisement

काठमाडौँ, १९ असोज । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन्।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानुनी व्यवस्था छ। यस विपरीत सरकारले संविधान दिवसको दिन नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा दिएको देखिएको आयोगले जनाएको छ।

जिल्ला अदालत, बाँकेले ११ वैशाख २०७५ मा गरेको फैसलामा मानन्धरलाई घेरा हाली भाग्न उम्कन नदिई रिगलले खुँडा प्रहार गरी हत्या गरेको उल्लेख छ। उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले २८ माघ २०७६ मा गरेको पुनरावेदन फैसलामा पनि रिगल समूहको क्रियाकलापको विरोध गरेकै कारण विरोधी सिद्ध्याउने पूर्व योजनाका साथ घटना घटाएको र खुँडा प्रहार गर्ने रिगल भएको मिसिल संलग्न कागजातबाट पुष्टि भएको’ भनी उल्लेख छ।

आयोगका अध्यक्षले पठाएको पत्रमा भनिएको छ, ‘फैसलामा …अत्यन्त अमानवीय क्रूर तरिकाले पूर्व तयारीका साथ वारदात घटाएको’ भनी उल्लेख भएको अवस्था स्पष्ट हुँदाहुँदै निज रिगल ढकाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) विपरीत माफी मिनाहा दिएको पाइएको छ।’

रिगललाई मुलुकी कार्यविधि संहिता ऐन जारी हुनु पूर्व कायम रहेको कारागार नियमावली, २०२० को नियम २९ (१) को आधार लिई माफी दिनु मानव अधिकारको दृष्टिकोणबाट पनि उपयुक्त नभएको आयोगले बताएको छ।

रिगलको कैद मिनाहाले यसले संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४ बमोजिमको पीडितको फौजदारी न्यायिक प्रक्रियामा स्वच्छ र सम्मानजनक व्यवहार पाउने, दफा ५ बमोजिमको कुनै पनि आधारमा विभेदपूर्ण व्यवहार व्यहोर्नु नपर्ने, दफा १० बमोजिमको पीडितले शङ्कास्पद व्यक्ति, अभियुक्त, कसुरदार वा निज सम्बद्ध व्यक्ति समेतको आव्रmमणबाट सुरक्षित हुन पाउने लगायतका अधिकारको उल्लङ्घन भएको समेत मानव अधिकार आयोगको ठहर छ।

उनले राजनीतिक पहुँचकै आधारमा माफी मिनाहा पाउने अवस्थाले न्यायपूर्ण वातावरण सिर्जना हुन नसक्ने, पीडित परिवारको अधिकार कुण्ठित हुने मात्र होइन, दण्डहीनताले प्रश्रय पाउने र राज्यका निकायहरूप्रति नागरिकको विश्वास खस्कन जानेतर्फ ध्यानाकर्षण गराएका छन् । साथै पीडितको न्याय पाउने अधिकारको सुनिश्चित गर्न र दण्डहीनतालाई प्रश्रय दिने यस प्रकारका कार्य हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिन समेत मानवअधिकार आयोगका अध्यक्षले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्।

आयोगका अध्यक्ष मगरको पत्रमा अघि भनिएको छ, ‘गणतन्त्र दिवस तथा संविधान दिवसको दिन सम्माननीय राष्ट्रपतिज्यूबाट माफी मिनाहा भएका व्यक्तिहरूको विस्तृत विवरण यस आयोगलाई उपलब्ध गराइदिन सम्बन्धित निकायमा निर्देशन हुन समेत अनुरोध गर्दछु।’

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"