सय वर्ष पूरा भएका ६१ जनाको अनुभव अब पुस्तकमा

Advertisement

काठमाडौँ, ४ कार्तिक । एक सय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिला पुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।

बर्मामा दोस्रो विश्वयुद्ध लडेका वीर सिपाही दोलखाका एक सय एक वर्षीय शताब्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बङ्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई बर्सिया इन्द्रमाया पौडेलसम्मको जीवन सङ्घर्ष समेटिएको पुस्तक विमोचन भएको हो ।

पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरू जो एक सय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरूको कथा व्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताब्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन् । देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पुस्तकको प्रकाशन गरेको हो । पुस्तक एक सय १६ पृष्ठको छ । विक्री वितरण गर्ने उद्देश्य नराखिएकोले पुस्तकमा मूल्य तोकिएको छैन । पुस्तकमा काठमाडौँ, भक्तपुर, ललितपुरसहित देशका पूर्व मेचीदेखि पश्चिम महाकालीमा बसोबास गरिरहेका एक सय वर्ष पूरा गरेका शताब्दी पुरुष महिलाहरूको कथा समाविष्ट छन् ।

पुस्तकको प्रकाशक संस्था राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले ज्येष्ठ नागरिकहरूको सम्मानमा पुस्तक प्रकाशन गरेको सुनाए । यस्तो खाले पुस्तक यो नै नेपालको पहिलो भएको उनको दाबी छ । पुस्तक तयारीका लागि देशका विभिन्न जिल्ला जिल्लाबाट सङ्कलनकर्ताहरू खटाएर उनीहरूबाट आएको सङ्कलनलाई सम्पादन गरी पुस्तकको आकार दिइएको उनले सुनाए ।

पुस्तकमा नेपालकै सर्व ज्येष्ठ नागरिक १२१ वर्षीय बाटुली लामिछानेलगायत आदर्श शताब्दी व्यक्तित्वहरू अष्टमाया नगरकोटी, अष्टमाया महर्जन, इन्द्रकला शर्मा, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा, केशरबहादुर थापा, केशरीमाया कार्की, खगीसरा पाण्डे, गुरुदत्त पाण्डे, गोपायुकु धिंग्री, गोपाल वैद्य, डा.गौरीशङ्कर लाल दास, चन्द्रबहादुर सुनुवार, चन्द्रलक्ष्मी धौभडेल, चोककुमारी अधिकारी, जानकी डड्गौरा थारु, जुनधरा पोखरेल, जोगी राना थारु, टेकबहादुर थापा, टोपला भट्टराई, ठुली मगर, तीर्थमाया महर्जन, तुलसादेवी पराजुली, दिलकुमारी महत, देवेन्द्रबहादुर नगरकोटी, धनबहादुर थापामगर, नरबहादुर लिम्बु (चवेगु थेगिम), नैनकला न्यौपाने, पङ्खबहादुर थापा, पासाङ्कितर शेर्पा, पुनमाया कोजू, पुहानी राजवंशी, प्रेमप्रसाद निरौला, फूलिया थरुनी, विष्णुमाया बुढाथोकी, विष्णुमाया माझी, भक्तिमाया श्रेष्ठ, भीमादेवी सिग्देल, माधुराम डगौरा, मङ्गलादेवी प्रधान, मदनकुमारी अधिकारी, मनमाया तामाङ, मनमाया सुवेदी, मोतीमाया बज्राचार्य, लतंक्वारी सुलु, लक्ष्मीप्रसाद दाहाल, श्रीनारायण खनाल, शमशेरबहादुर बस्नेत, सरस्वती खतिवडा, सान्नानी अधिकारी, सानुमान शाक्य, सुकनीवती थरुनी, सुकु महर्जन, हरिलाल पञ्च, ज्ञानमाया तुलाधर, ज्ञानमान शाक्य, ज्ञानलाल श्रेष्ठ, कान्छी महर्जन र रत्नमाया मालीको जीवन गाथा संक्षिप्त रूपमा समेटिएका छन् ।

पुस्तक प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विमोचन गरेका थिए । कार्यक्रममा नेपाली काँगेसका सहमहामन्त्री तथा प्रतिनिधि सभाका सदस्य बद्री पाण्डे तथा नेकपा एमालेकी नेतृ, राष्ट्रिय सभाका सदस्य एवम् पूर्व परराष्ट्र मन्त्री डा.विमला राई पौड्याललगायतको उपस्थिति रहेको थियो । यसै गरी राष्ट्रिय ज्येष्ठ नागरिक कोषका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ, विश्व साइकल यात्री पुष्कर शाह, एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतम, राष्ट्रिय स्वास्थ्य कोषका सदस्य सचिव सुनिता भण्डारी, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव सुस्मा खड्कालगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा १०० वर्षभन्दा लामो दीर्घ जीवन सम्मानपूर्वक बाँचेर सजिवताको निरन्तर प्रेरणा दिइरहेका आदरणीय ज्येष्ठ नागरिकहरू इन्द्रमाया पौड्याल, डा. गौरीशङ्कर लाल दास, पङ्खबहादुर थापा, सानुमान शाक्य, कृष्णथकु ग्वाछा र चन्द्रबहादुर सुनुवारलाई सभामुख देवराज घिमिरेले राष्ट्रिय ज्येष्ठ नागरिक कोषको तर्फबाट ‘शताब्दी व्यक्तित्व सम्मान’  अर्पण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"