विषालु बेलुन

Advertisement
* नारायण ढकाल
दूषित हावा भरेर
नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू
चकलेटी आसमा तानिएर
जीवनवादी/जीवनदायी दर्शन बिर्सेर
गौरवमय इतिहासको अपव्याख्या गर्दै
युरोप र अमेरिकाका गल्लीहरूमा
वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर
सारहीन बोक्रेदर्शन र कलाहीन
सिद्धान्तको महिमा गाउँछन्
र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन्
अनि,श्रीखण्डलाई लत्त्याएर
धमिरे काठमा सुवास र शीतलता खोज्ने
असफल प्रयासमा रमाउँछन्।

विषालु बेलुनहरू!
विगत विश्व-रङ्गमञ्चमा भएका
जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको
बीभत्स इतिहासबाट बेफिक्र
शकुनिको निर्देशनमा
आफ्नै आमाको पेटमा
धारिलो हतियार सोझ्याउँदै
सामाजिक सद्भावको घाँटी निमोठेर
एकतामा अनेकताको विघटनकारी
आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन्
र मृत्यु गीत गाउन तम्सिन्छन्।

हावा महलमा उडेका बेलुनहरू,
क्षणिक उँचाइलाई वास्तविक ठान्दै
रद्दी कागजको फिरफिरे फिर फिराउन खोज्छन्
झन्डा ठानेर-नेपाली घर आँगनमा
वैतरणी तर्न खोज्छन् कागजकै डुङ्गा चढेर
अनि, जेरुसलम र भेटिकन सिटीसम्म पुगेर
मालिकलाई विश्व विजयी बनाउने
भ्रम पस्किन्छन्।

धरातल बिर्सेका ल्याप्चे बेलुनहरू,
ल्याप्चेमै नयाँ इतिहास लेख्ने सपना देख्छन्
महको लालचमा
अरिङ्गालको गोलामा हात हालेर
विध्वंसलाई म्वाइँ खान्छन्
र, मृत्यु निम्त्याउन तम्सिन्छन्
आखिरमा,
उडाइएका विषालु बेलुनहरू
आगो बालेर फालिने सलाईको काँटीसरह
जुठेल्नुमा मिल्क्याइन्छन्
मात्र जुठेल्नुमा ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"