डा.खगेन्द्र प्रसाईँ भन्छन्, ‘धर्म, चाडपर्व, ईश्वरलाई उपभोक्तावादले विस्थापित गर्‍यो’

Advertisement
काठमाडौँ, कार्तिक १६ गते । ‘धर्म र चाडपर्वलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नहेर्दा, अन्धविश्वास भनेको सामन्तवाद र विज्ञान भनेको पुँजीवाद हो भन्ने गलत निष्कर्षमा पुगिने’ दर्शनशास्त्री डा.खगेन्द्र प्रसाईँले बताए । ज्ञानशाला अनुसन्धान केन्द्रले कार्तिक १५ गते नयाँबजार स्थित अनुसन्धान केन्द्रको सेमिनार हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा बताएका हुन् ।
पुँजीवादले सबै संस्कृतिलाई एउटा बोरामा हालेर आफू अनुकूल प्रयोग गर्दछ भन्दै डा.प्रसाईँ भन्छन्, ‘मनकामनाको दर्शन गर्दा मनका सबै कामना पुरा हुन्छ भन्ने अन्धविश्वासको बीज रोपेर व्यापक रूपमा विज्ञापन, होटेल व्यवसाय, पर्यटन लगायतका पुँजीवादी नाफालाई प्रोत्साहन हुने गरी व्यापार गरिएको छ ।’ उनी भन्छन्, ‘साँखुको डाँडामा ठूलो शिवको मूर्ति, कुनै ईश्वर भक्तिको आधारमा होइन । पर्यटन उद्योग र जग्गा व्यवसायको स्वार्थको आधारमा बनाइएको हो । लुम्बिनीको बुद्धको मूर्ति पनि त्यही स्वार्थ अनुसार बनाइएको हो । भारतमा व्यापारिक स्वार्थका आधारमा ठुला–ठुला धार्मिक स्थलहरू बनाइएको छ ।’
धर्मलाई आधार बनाएर व्यापारको प्रवर्धन तथा पुँजीवादले जबरजस्त रूपमा अन्धविश्वासको प्रयोग गरिरहेको अवस्था छ भन्दै डा.भन्छन्, ‘धर्म र अन्धविश्वास अब सामन्तवादको विषय मात्र रहेन ।’
‘आर्थिक आधारसँगै ईश्वर, धर्म, चाडपर्व पनि परिवर्तन हुँदै गएको हुन्छ ।’ डा.प्रसाईँ भन्छन्– ‘राउटे र जङ्गलमा बस्ने मानिसको ईश्वर एउटा हुन्छ तर अमेरिका र युरोपमा बस्ने मानिसको ईश्वर अर्कै हुन्छ । आर्थिक व्यवस्थामा आएको परिवर्तन सँगै ईश्वरको धारणामा पनि परिवर्तन आउँदै गएको हुन्छ ।’
धर्म र चाडपर्वको ऐतिहासिक भौतिकवादी प्रकारले विश्लेषण गर्दै डा.प्रसाईँ भन्छन्, ‘चाडपर्वहरूको नाम त्यही हुन्छ तर त्यसलाई मनाउने तरिका परिवर्तन हुँदै जान्छ ।’ विभिन्न उदाहरण दिँदै उनी भन्छन् ,‘सामन्ती समाजमा महिलाहरू महादेव जस्तै पति पाऊ भनेर व्रत बस्ने गर्दछन् तर पुँजीवादमा त्यसो हुँदैन । पुँजीवादमा उपभोक्तावादको प्रवर्द्धन गर्ने चाडका रूपमा तीजलाई मनाइन्छ । एक महिनासम्म भोज भतेर गर्ने अनि थरी–थरीको गहना र साडी लगाएर टिकटक बनाइन्छ । अहिलेको दसैँ, हाम्रा हजुरबाको जस्तो ईश्वरको पूजा गरेर मनाइँदैन । उपभोक्तावादले ईश्वरलाई विस्थापित गरेको छ । अहिलेको दसैँ प्रायः ईश्वरको भक्ति होइन, उपभोक्तावादका कारण सेक्युलर बन्दै गएको छ । यसरी अहिलेको तीजलाई पुँजीवादले आफू अनुकूल प्रयोग गरिरहेको छ ।’
‘अमेरिकामा मनाउने क्रिसमस, कुनै ईश्वरको भक्तिको लागि होइन व्यापार गर्ने तथा उपभोक्तावादबाट प्रभावित छ । अहिले चर्चहरूको उद्देश्य पुँजीवादको प्रवर्द्धन गर्ने हुन्छ । अन्धविश्वास, धर्मलाई सहारा बनाएर उनीहरू क्रियाशील छन् ।’ डा.प्रसाईँ भन्छन्– ‘यसरी अहिलेको चाडपर्वमा सामाजिक सद्भाव हट्दै गएको छ, त्यसको स्थानमा ईर्ष्या, व्यक्तिवादीका, अहम् ता, प्रतिस्पर्धाको भावना बढ्दै गएको छ । अरूको भन्दा राम्रो साडी, गहना, गाडिकोे प्रदर्शन गरिनु पनि उपभोक्तावादको प्रभाव हो । त्यो प्रभाव चाडपर्वको सन्दर्भमा पनि परेको छ । यसरी पुँजीवादले मानिसलाई एकदम व्यक्तिवादी, देखावटी र ढोँगी बनाइदिएको हुन्छ । उसले आफ्नो स्ट्याटस तिज, दसैँ र विभिन्न भोजहरूमा देखाउने गर्दछ । छेउमा गाडी राखेर फोटो खिच्दा ठूलो मान्छे भएको ठान्दछ ।’
 विज्ञानलाई पनि पुँजीवादले आफ अनुकूल प्रयोग गर्दै गएको भन्दै डा.प्रसाईँ भन्छन्, ‘विज्ञानको यथार्थतालाई जस्ताको त्यस्तै पुँजीवादले प्रयोग गर्दैन । जस्तै डार्विनले अभावले गर्दा सङ्घर्ष हुने र त्यहीबाट विकास हुने कुरा बताए । त्यो सिद्धान्त, पुँजीवादलाई खतरा थियो । त्यही खतरा महसुर गरेर अमेरिका तथा युरोपमा धेरै वर्षसम्म डार्बिनको सिद्धान्त पढाउनै दिइएन । धेरै सङ्घर्षपछि डार्विनको विज्ञान पढाउन थालिएको हो ।’ उनी भन्छन्, ‘यसरी पुँजीवादले आफ्नो स्वार्थ प्रतिकुल हुने वैज्ञानिक तथ्यहरूलाई निरुत्साहित गर्दछन् । त्यसको विपरीत व्यक्तिगत चिन्तनलाई प्रोत्साहन गर्ने कुरालाई मात्र बढवा दिन्छन् ।’
आफू दर्शनशास्त्रको शिक्षक हुँदा विद्यार्थीहरूमाथि गरिने प्रयोगको अनुभूति सुनाउँदै डा.प्रसाईँ भन्छन्, ‘ मैले विद्यार्थीहरूलाई दुई वटा कुराहरू छनोट गर्न लगाए । मानौँ म भगवान् हुँ अनि विद्यार्थीको पुनर्जन्म हुँदै छ । त्यसरी पुनर्जन्म हुँदा पहिलो, सार्कीको छोरी अनि करोडौँ सम्पत्ति हुने । अर्को बाहुनको छोरो तर एकदम गरिब । कुन रोज्ने भन्दा लगभग सबैको रोजाई पहिलो नै भयो । भनेपछि अहिलेको सबैको मानसिकता पूजावादी दृष्टिकोणबाट प्रभावित भएको प्रस्ट हुन्छ ।’
अन्त्यमा डा. प्रसाईँ भन्छन् ,‘अहिलेको विश्व परिवेशमा पुँजीवाद, आफूलाई अद्यावधिक गर्दै भीमकाय हुँदै गइरहेको छ । त्यस कारण सामन्ती अवशेषका विरुद्ध सङ्घर्ष गर्नु त्यति महत्वको विषय होइन । धर्म र अन्धविश्वासलाई सामन्ती अवशेषको रूपमा मात्र बुझ्ने त्यसको विपरीत पुँजीवादसँग सम्बन्धित भएको नबुझ्ने हो भने ठूलो ऐतिहासिक भौतिकवादी गल्ती हुनेछ ।’ उनी भन्छन्, ‘जात प्रथा, पितृ सत्ता, संस्कृति, धर्मको बदलिएको स्वरूप अनुसार बुझ्दै ऐतिहासिक भौतिकवादी दृष्टिकोण प्रति प्रष्टता हुनुपर्दछ । अन्यथा क्रान्ति र परिवर्तनलाई ठूलो क्षति हुनेछ ।’
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

आशिष लामा निर्देशित ‘दारु सड्काउने’ म्युजिक भिडियो सार्वजनिक

मकवानपुर/ नेपाली संगीतको तामाङ सेलो इन्डस्ट्रीमा उदाउँदै गरेका कोरियोग्राफर, डान्सर, मोडल तथा निर्देशक आशिष लामाको नयाँ म्युजिक भि...
श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

श्रम संस्कृति पार्टीद्धारा आगलागीबाट घर गुमाएकी चेपाङ्गको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण

हेटौंडा / श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले आगलागीबाट घर गुमाएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ्गको ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"