भूकम्प प्रभावितले अझै पाएनन् राहत, प्रधानमन्त्री राहत कोषमा करोडौं रकम, नागरिक कुरेको कुर्यै

Advertisement

कात्तिक २२, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित कहाँ अझै पनि राहत सामग्री पुग्न सकेको छैन ।

भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामीडाँडा तथा अन्य ग्रामिण स्थान र रुकुम पश्चिमका पनि ग्रामिण बस्तीमा अझै सम्म पनि राहत सामग्री पुग्न नसकेको हो ।

शुक्रबार भूकम्प गएपछि भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितलाइ भेट्न जाजरकोट पुगेका थिए र राहतको काम दु्रत गतिमा गर्ने प्रतिवद्धता जनाएका थिए ।


सरकारले राहत वितरणको कामलाइ व्यवस्थित बनाउने भन्दै एकद्वार प्रणाली पनि लागू गर्यो । तर तर भूकम्प गएको एक साता हुनै लाग्दा समेत प्रभावितले राहत सामग्री पाएका छैनन् ।

सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु बारीको पाटोको चिसो भुईँमा त्यसै रात काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

सदरमुकाम र सजिलो बस्तीमा बिभिन्न संघ, सस्थाका प्रतिनिधि पुगेर केही राहत सामग्री हस्तान्तरण गरेका छन् । तर दुर्गम बस्तीहरुमा सरकारी गैह्र सरकारी कुनै पनि तहबाट राहत सामग्री नआएको भूकम्प प्रभावितको गूनासो छ ।

प्रधानमन्त्री राहत कोषमा भने करोडौं रकम

भूकम्प प्रभावितको लागि भनेर प्रधानमन्त्री राहत कोषमा भने करोडौं रकम जम्मा भइसकेको छ ।

राजनितिक दल, तिनका भातृसंगठन, बिभिन्न व्यवसायीक संघ,सस्था तथा व्यवसायीहरुले आ – आफनो क्षमता अनुसार रकम दिएका छन् ।

बुधबार मात्रै पर्यटन व्यवसायीको तर्फबाट प्रधानमन्त्री कोषमा ४ करोड बढि रकम जम्मा भएको छ । नेपाली काँग्रेसले ५० लाख, माओवादी केन्द्रले ५० लाख तथा जनता समाजवादी पार्टीले २५ लाख रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेका छन् ।

आइएमई गु्रप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेढ करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन् । यस्तै, भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

यसरी अन्य व्यवसायी, संघसस्था तथा व्यक्तिगत तवरबाट प्रधानमन्त्री कोषमा रकम जम्मा भएको छ । तर कोषमा जम्मा भएको रकम परिचालन हुनमा ढिलाइ भइरहेको छ ।

यसैगरि चीन तथा भारतबाट पनि राहतका सामग्री आएका छन्, तर वितरणमा ढिलाइ भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितलाइ छिटै गास र वासको उचित व्यवस्था गर्ने आश्वास दिएको भएपनि प्रभावितहरुले सामान्य राहत समेत पाएका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितलाइ छिटै गास र वासको उचित व्यवस्था गर्ने आश्वास दिएको भएपनि प्रभावितहरुले सामान्य राहत समेत पाएका छैनन् ।

सामान्य टेन्टको समेत उपलब्धता नभएपछि प्रभावितहरु बारीको पाटोको चिसो भुईँमा त्यसै रात काटिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"