मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न सरकारलाई काँग्रेसको सुझाव

Advertisement

कात्तिक २५, काठमाडौं । नेपाली काँग्रेसले जाजरकोट सहितको भूकम्प प्रभावित क्षेत्रमा मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केको काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो ।

पुषको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मङ्सिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको काँग्रेस महामन्त्री थापाले बताए ।

स्थायी रूपमा सिकाई केन्द्रहरू बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए ।

महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन र त्यसका लागि आवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको बताए ।

टोलीले अस्थायी आवास निर्माणका लागि जनशक्तिको अभाव पूर्तिका लागि सरकारले राजनीतिक दलहरू र संघ, संस्थाहरूसँग मिलेर काम गर्नुपर्ने पनि औँल्याएको छ ।

महामन्त्री थापाले भने, ‘अब जाडो सुरु भइसकेको छ, अस्थायी टहरा बनाउने काम त्यहाँ करिब करिब ५०÷६० हजार बनाउनुपर्नेछ, किनकि त्यति धेरै घरहरू बस्न नमिल्ने अवस्थामा छन् ।

त्यो अस्थायी टहरा बनाउने काम हामीले मङ्सिरको महिनाभित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन । र, यसले यति ठुलो भयावह स्थितिको सृजना गर्छ । त्यसका लागि अस्थायी टहरा बनाउने कुरा अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा छ ।’

नेता थापाले भूकम्प प्रभावित क्षेत्रमा गएर आफैँले हेरेको समेत स्मरण गरे । उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर त्यसबारेमा छलफल गरेको र तिहारकै बीचमा मन्त्रिपरिषद्ले निर्णय गरेर काम सुरु गर्न सुझाव दिएको बताए ।

उनले भने,‘हामीले प्रधानमन्त्रीजीलाई तिहारकै बीचमा मन्त्रिपरिषद्ले निर्णय गरेर काम सुरु गर्नुप¥यो भनेका छौँ । प्रदेश सरकार र स्थानीय सरकार छ । तलको काम उहाँहरूले गर्नुहुन्छ । अभाव दुईवटा कुराको हुन सक्छ । एउटा, ठुलो सङ्ख्यामा जस्तापाता चाहिने भएकाले बजारमा त्यो पाउने सुनिश्चितता गरिदिनुपर्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"