संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

Advertisement

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ ।

उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ ।

 

सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजा रानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विक स्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरू देखिन्छ भने वन जङ्गलभित्र बेल र पारिजातलगायतको फूलहरू छन् ।

 

दरबार भग्नावशेष अवस्थामा छ भने २०११ सालतिर मानव बस्तीको बिस्तारसँगै दरबारको इट्टा स्थानीयले लगेर घरसमेत बनाएका खुलेको छ । शेनबंशीय राजा गोल्माको दरबार रहेको खुलेसँगै अहिले स्थानीयले जीर्णोद्धारमा जोड दिएका छ । उक्त क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको हो ।

स्थानीयको श्रमदानबाट टुँडिखेलसम्म पुग्ने बाटो निर्माण गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको सहयोगमा कुटीको निर्माण गरिएको छ । यस क्षेत्रको विकास र प्रवर्द्धन गर्न सके धार्मिक तथा पर्यटकीय गन्तव्य हुन सक्ने चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्लेको अपेक्षा छ । उनले शेनबंशीय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेललाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए ।

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले गोल्मराजाको दरबारको संरक्षणमा सबै जुट्नुपर्ने बताए । भग्नावशेष रहेको दरबारको जीर्णोद्धार गरी इतिहासलाई जीवन्त राख्नुपर्ने सामुदायिक वन उपभोक्ता समूह जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष वेदहरि दाहाल बताउँछन् ।

चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउ बाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट ५०० मिटरको ओरालो र उकालोको दूरीमा गोल्मा राजा रानीको भग्नावशेष दरबार पुगिन्छ ।
दरबार क्षेत्रमा भेटिएका गोल्की पैसा, जाँतो, तरबारलगायतका सामान स्थानीयसँग अझै सुरक्षित छ । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"