गएको एक वर्षमा सापेक्षिक भूमिका निर्वाह गरिए पनि जनताको अपेक्षा अनुसार काम भएन : सांसद राजन दाहल

Advertisement

२ पुष, काठमाण्डौं  — नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) ले   गएको एक वर्षमा सापेक्षिक भूमिका निर्वाह गरिए पनि जनताको अपेक्षाअनुसार काम नभएको रासससँग सांसद कार्यक्रममा बताएका छन् ।

यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उनी बताउँछन् । संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उनको अनुभूति छ ।

गएको एक वर्षमा सरकारका तर्फबाट प्रतिनिधिसभामा ‘बिजनेस’ प्राप्त भए पनि संसद्लाई बहसको थलोका रुपमा विकास गर्ने काम हुन नसकेको उनी बताउछन् । संसदभित्र टेबल भएका महत्वपूर्ण विधेयक छलफलमा आउन नसकेको उल्लेख गर्दै उनले सदन प्रभावकारी ढङ्गले चल्न नसक्दा यस्तो अवस्था आएको बताए ।

“मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन”, सांसद दाहालले भने । ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएको तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्ने बताए ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसदमा देखिएको सांसद दाहालको ठम्याइ छ । “प्रतिपक्षी दलबाट ससाना विषयमा संसद निरन्तर अवरोध गर्ने काम भयो । संस्थागत भ्रष्टाचारको विषय उठाउँदा एमालेबाट लगातार संसद अवरोध भयो”, उनले भने । संसदमा विषय उठान गर्दा प्रतिपक्षी उत्तेजित हुने र संसददै अवरुद्ध गर्ने अवस्था देखिनु गैरराजनीतिक चरित्र भएको उनको ठम्याई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"