नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

Advertisement

६ पुस, सुनसरी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै  प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको बताएका हुन् ।

प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको उनले उल्लेख गरे । अबको निर्णय जनताको साथमा हुने उनले बताए ।

जनतालाई निराश पार्ने भाष्यप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट टाढा रहन आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गरे । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने उनको भनाइ छ ।

“मेरो अब एक वर्ष पूरा हुँदै छ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु अर्को । त्यति बेला आमनेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरूमा अहिले एउटा भाष्य बडो नराकात्मक,  जनतालाई निराश पार्ने– नेपाल अँध्यारोमा छ, कहीँकतै उज्यालो छैन, नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ,” उनले भने, “म यो मञ्चबाट आमनेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ ।”

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"