काठमाण्डौँ /भालुबाङ बस दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको पहिचान खुलेको हो । यसैगरी श्रीढुस्का–९ जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी र भारत बिहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्रको सनाखत भएको हो ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्तीपुलबाट नदीमा खसेको थियो । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुर, ७ जनाको बुटवल र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनु भएको छ ।





























