काठमाण्डौ /प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो ।

एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ ।
उज्यालो नेर्टोकबाट साभार गरिएको





























