अनेकौ ब्यवधानको बावजूद पनि बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न, उर्गेन दोङ संग झुमे कोरियाको दर्शक

Advertisement
  1. शुभराज भोम्जन
    दक्षिण कोरिया । तामाङ समुदायको मौलिक साँस्कृृतिक चाड मञ्जुश्री संवत् २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आयोजना गरेको बृहत सोनाम ल्होछार सास्कृतिक कार्यक्रम अनेकौ ब्यवधानको बावजूद पनि भव्यताका साथ सम्पन्न भएको छ ।

सौल स्थित एच.डब्लु कन्भेन्सन हलमा कोरियन पर्व सलनालको पहिलो दिन हिजो ९ फेब्रुअरीमा सम्पन भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार उर्गेन दोङ संग हजारौ ल्होछार प्रेमी दर्शकहरु झुमेका छन् । नेपाल देखि अतिथी कलाकारको रुपमा आएका दोङले राती ११ बजे सम्म कुरेर बसेका दर्शकहरुको धैर्यताको बाँधलाई आफ्नो सांगीतिक प्रस्तुती मार्फत तोडिदिएका थिए । उर्गेनको स्लो बिटको गीतहरुमा दर्शक दिर्घबाट उर्गेन संगै गाएर साथ दिएको थियो । दिउसो ४ बजेदेखि उर्गेनको प्रस्तुती हेर्नको लागि पर्खेर बसेका दर्शकहरुको धैर्यताको बाँध उर्गेनले कार्यक्रमको अन्तिम चरण राती १० बजेर २० मिनेट जादा मात्रै तोडिदिएको थियो ।

उर्गेनको प्रस्तुती हुनु अघि नृत्याङगना प्रतिज्ञा लामा, गायिका रिचा ब्लोन, गायक आशिष मोक्तान, पेम्बा लामा, करप रुम्बा र र्यापर दोर्जे जोजो लगायतका अन्य थुप्रै स्थानिय कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिलाएका थिए । बौद्ध धर्म लामा गुरुहरुबाट मंगलपाठ गरेर सुरु भएको कार्यक्रम गायक दोङको प्रस्तुती पश्चान औपचारीक रुपमा समापन भएको थियो । कार्यक्रम सफता पूर्वक सम्पन्न भईरहदा कार्यक्रम आयोजनाको तयारीको क्रममा आयोजकले अनेकौ व्याबधान भोग्न बाध्य भएको थियो । कार्यक्रममा नेपाल देखि अतिथी कलाकारको रुपमा ल्याउने तायारी गरेको आधा दर्जन कलाकारहरुको बिबिध कारणले गर्दा भिषा प्राप्त गर्न नसक्दा कार्यक्रमको खुलेर प्रचार सम्म गर्न पाएको थिएन ।

अनेकौ प्रयास गर्दा पनि कलाकारहरुको भिषा लगाउन नसकेपछी निरास बनेका आयोजकले अन्तिम चरणमा नेपाल तामाङ घेदुङ जेजुदो शाखाले निमन्त्रणा गरेको कलाकार उर्गेन दोङलाई केन्द्रमा पनि प्रस्तुतीको लागि राजि गराएको थियो । त्यसैगरी अन्तिम प्रयासको रुपमा गायिका अनु चौधरी र सुमीना लोलाई ल्याउन खोजेता पनि अन्तिममा अन्य कार्यक्रमहरु संगको समय नमिल्दा उक्त योजना पनि बिफल भएको थियो । १ करोड ३० लाख वन भन्दा बढीको हल बुक गरेर कार्यक्रमको तयारी गरेको थियो भने एक करोड भन्दा बढी खर्च गरेुर ७ सय जनाको लागि खानाको अर्डर गरेको थियो । लगभग ३ करोड वन खर्च गरेर कार्यक्रमको तयारी गर्दै गर्दा अनेकौ समस्याहरु आईपर्दा घाटामा जाने होकी भन्ने चिन्ताले आयोजकलाई पिरलेको अवस्थामा एकै दिनमा एउटै समयमा चर्चित गायक राजु लामाको ब्याण्ड मंगोलियन हार्टको लाईभ कर्सट हुदै गर्दा दुबैतिर दर्शक बाढीदा अपेक्षा गरे अनुसारको दर्शक नहुने होकी भन्ने डर थपिएको थियो ।

अनेकौ समस्याहरुको बाबजुत पनि कार्यक्रममा सहभागिहरुको संख्या १ हजार भन्दा बढी  भएको अनुमान गरिएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदुतावास दक्षिण कोरियाको द्धितिय सचिव सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राई र नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरी प्रसाद खनालको विशिष्ठ आतिथ्यता रहेको थियो । त्यसैगरी गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्ष बिपिन गुरुङ, बुद्धि गुरुङ र बिभिन्न राजनितीक,जातिय तथा क्षेत्रीय संस्थाहरुको अध्यक्षहरुको आतिथ्यता रहेको थियो । औपचारीक कार्यक्रमा बोल्ने क्रममा सबैले सबैको सभ्यता र साँस्कृतिक पक्षहरुलाई स्विकार गर्नु पर्नेमा जोड दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"