काठमाडौं / आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।

आज प्रधानमन्त्री दाहाललाई १३ सांसदहरुले प्रश्न सोध्ने छन् भने सोधिएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।





























