छेबुदोमा श्रमिक अभिमुखीकरण तथा घुम्ती सेवा सञ्चालन हुदै

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाको मुख्य आयोजनामा र नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सह आयोजनामा आउदो २५ फेब्रुअरी २०२४ मा दक्षिण कोरियाको ख्याङगीदोको छेबुदोमा श्रमिक अभिमुखीकरण तथा घुम्ती सेवा सञ्चालन हुने भएको छ ।

उक्त कार्यक्रममा श्रमिक अभिमुखीकरण सचेतना, कन्सुलर सेवा, सामाजिक सुरक्षा कोष, भिषा परामर्श, कानुनी तथा अपराध सम्बन्धी परामर्श गर्नुका साथै राहदानी नबिकरण सेवा पनि प्रदान गरिने नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनालले जानकारी दिएका छन् । नेपाली राजदूतावासबाट जाने विज्ञ प्रतिनिधीहरुले सुखद घर फिर्ती श्रमीक अभिमुखीकरण गर्नुका साथै सामाजिक सुरक्षा कोष र कोरियाको अध्यागमन कानुन सम्बन्धी अभिमुखीकरण गर्ने जनाएको छ । त्यसैगरी भिषा सम्बन्धी परामर्श गरिनुका साथै विदेशी विद्यार्थीहरुका लागि दक्षिण कोरियाले दिदै आएको पुर्ण छात्रबृत्ति योजनाको विषयमा पनि जानकारी दिने अध्यक्ष खनालले जनाएको छ ।

경기도 화성시 서신면 전곡산단 ११ 길१०७ मा हुने उक्त अभिमुखीकरण तथा घुम्ती सेवामा सहभागि भएर सेवा लिनको निम्ती अध्यक्ष खनालले लाबा न्युज मार्फत सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् । त्यसैदिन उक्त कार्यक्रम स्थानबाट बैकिङ सेवा पनि लिन सकिने छ । उक्त श्रमीक अभिमुखीकरण सचेतना तथा घुम्ती सेवा मार्फत छेबुदो आसपासमा रहेको २ सय भन्दा बढी नेपालीहरुले सेवा लिने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"